न्युयोर्क पुगे परराष्ट्रमन्त्री

 न्यूज विराट
न्युयोर्क पुगे परराष्ट्रमन्त्री

पराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेका न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताइन् ।

‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले यही असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा उनले मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनाका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग दुईपक्षीय बैठक तथा राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने प्रवक्ता लम्सालले जानकारी दिइन् । प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, प्रवक्ता लम्साल, स्थायी प्रतिनिधि राई, महावाणिज्यदूत गौतमसहितका अधिकारी छन् ।

सम्बन्धित समाचार

२४ सय संक्रमित थपिँदा ३५ सय डिस्चार्ज, ८१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४ सय १४ जनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।...

मेयरका छोरा ५ लाख घूस रकमसहित पक्राउ

जनकपुर, १ साउन-सिरहाको कल्याणपुर नगरपालिकाको मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डलले ५ लाख रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् । मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको टोलीले लहान नगरपालिका २२ स्थित एक निर्माणधीन पेट्रोल पम्पबाट...

निजी पेट्रोल पम्पलाई हप्तामा १ पटक मात्र आपूर्ति

काठमाडौं, ४ वैशाख-लकडाउनका कारण पेट्रोलियम पदार्थको कारोबार घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा १ पटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ । पेट्रोलियम पदार्थको कारोबार जम्मा ३० प्रतिशतमा झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बात्ति बनाउने मेशिन वितरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बात्ति बनाउने मेशिन वितरण गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउन र नेपाल महेश्वरी महिला संगठनको संयुक्त आयोजनामा तीनवटा बात्ति...

लागुऔषधसहित ८ जना पक्राउ

काठमाडौं, २० पुस । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिका साथबाट करिब पाँच हजार लागुऔषध एम्पुलका क्याप्सुल बरामद गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, २३ असार । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथा विराटनगर–४ स्थित खार्जी कोहबरा...

प्रदेश १ मा बुधबार १ सय ३३ संक्रमित थपिए

विराटनगर, ३१ भदौ–प्रदेश १ मा बुधबार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक...

भारत पुगेर फर्केकालाई खाेज्दै प्रहरी, सप्तरीमा भेटिए १९ जना

प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केकाहरूकाे खोजी तीव्र पारिएको छ । यसै क्रममा साेमबार  सप्तरीमा आठ जना फेला परेका छन् । वीरगञ्जको एक मस्जिदमा मुस्लिम धर्मका ३ जना प्रचारकमा कोरोना भाइरस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्