कालीगण्डकी नदीमा छाडियो ३१ हजार माछाका भुरा

 न्यूज विराट
कालीगण्डकी नदीमा छाडियो ३१ हजार माछाका भुरा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सीमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार माछाका भुरा छाडेको हो ।

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवलगायतले कालीगण्डकी नदीमा माछाका भुरा छाडेका हुन् ।  मधेस प्रदेशको ह्याचरीमा उत्पादन भएका स्थानीय प्रजातिका माछाका भुरा कालीगण्डकी नदीमा पुगेर छाडिएको वरिष्ठ मत्स्य विकास अधिकृत यादवले बताए । कार्यालयले यसअघि मकवानपुरको सामरी नदीमा पनि ३४ हजार तथा नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिसकेको यादवले बताए ।

त्यस्तै प्रदेश १ को कोसी नदीमा पनि ४० हजार माछाको भुरा छाड्ने योजना रहेको यादवले बताए ।  ‘खोलानालामा फोहर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने, नदीजन्य पदार्थको चरम दोहन गर्नेलगायतका कारणबाट जलचर मासिने क्रम बढ्दै गएको छ’, कार्यालय प्रमुख यादवले भने, ‘यी जलचरको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि कार्यालयले प्राकृतिक नदीमा लगेर माछाका भुरा छाड्दै आएको छ ।’

माछाका भुरा नदीमा छाडेसँगै कार्यालयले गैँडाकोट–३ स्थित ढोँडेनी बजारमा रहेको विद्यालय परिसरमा माछा संरक्षणका लागि सचेतनामूलक होडिङ बोर्डसमेत लगाएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाको कार्यक्षेत्र सम्पूर्ण नेपाल रहेको भन्दै यादवले नदीनालाको अध्ययन गरी कुन माछा सङ्कटमा छ त्यसका आधारमा माछालाई प्रवर्द्धन गर्न माछा भुरा छाँडिदै आएको बताए ।

नेपालमा स्थानीय प्रजातिका २१७ प्रकारका माछा रहेको जनाउँदै यादवले नेपालमा चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कूल ९७ हजार मेट्रिक टन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने बताए । नेपालको प्राकृतिक जलाशयमा चार लाख जनसङ्ख्या निर्भर रहेको उनकोे भनाइ छ ।

सम्बन्धित समाचार

भारतीय मिडियाको दाबीः प्रधानमन्त्री ओलीको कुर्सी खतरामा

काठमाडौं, १७ असार-नेपालबारे कममात्रै समाचार छापिने भारतीय सञ्चारमाध्यममा पछिल्लो समयमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई नक्सामा समावेश गरेसँगै भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाउन थालेका छन् । सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा...

निर्माण व्यवसायीको बैंकमा साढे ३ खर्ब ऋण, किस्ता तिर्न नसकेको गुनासो

काठमाडौं, २५ वैशाख-निर्माण व्यवसायीहरुले काम प्रभावित हुँदा करिब साढे ३ खर्ब ऋणको किस्ता तिर्न समस्या रहेको बताएका छन् । बिहीबार संसदको अर्थसमितिमा भएको छलफलमा नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि संहले बैंकबाट लिएको ३ खर्ब...

भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र  

एजेन्सी, जेठ २७-भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका...

आज सहिद दिवस

काठमाडौं, १६ माघ-आज माघ १६ अर्थात् सहिद दिवस । सधैँझैँ यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्रका लागि प्राण आहुती दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदैछ । सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा,...

नेकपाका गाउँपालिका अध्यक्षको अपहरण

डडेल्धुरा, माघ १७–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । उनलाई अज्ञात समूहले आज अपहरण गरी कुटपिट गरेको हो । आलिताल गाउँपालिका –३ को...

देउवा निवास अगाडि प्रमुख सचेतक कार्कीको नेतृत्वमा प्रदर्शन

विराटनगर, २८ साउन । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १...

मुख्यमन्त्री गुरुङको आरडीटी पोजिटिभ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडीटी विधिबाट गरिको परीक्षण्मा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको आरडीटी परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । आरडीटी पोजिटिभ आएपछि पीसीआर परीक्षण गर्न उनको स्वाब मंगलबार राति...

इगो त्यागेर पार्टी एकताको बाटोमा अग्रसर हुन सवै नेता कार्यकर्तालाई झलनाथको अपिल

काठमाडौं, असार २ । एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इगो त्यागेर पार्टी एकताको बाटोमा अग्रसर हुन सवै नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । केही दिनदेखि अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत नेता खनालले थप उपचारका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्