
जनकपुर, फागुन १–भारतमा एक नेपाली नागरिककोे गोली प्रहार गरी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका– १०, खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो । उनी बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका थिए ।
ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका बेला उनी सवार स्कार्पियोमा फर्कंदै गर्दा मोटरसाइकलमा सवार व्यक्तिबाट गोली प्रहार गरी उनको हत्या गरिएको हो । घटना भएको समयमा ग्यारेज धनी सत्येन्द्र यादवका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादव पनि उनीसँगै थिए ।