कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने

 न्यूज विराट
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने

काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए ।

उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोधभर्ना रकम उपलब्ध गराइने जानकारी दिए ।

कोभिड-१९ को उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश-२०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड-१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड-१९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । उपचार गरेबापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउनेछ । सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्न चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ । रासस

सम्बन्धित समाचार

विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला...

लकडाउनको मोडालिटी परिवर्तन हुन्छ : प्रधानमन्त्री

काठमाडाैं, २८ जेठ-मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे निर्णय हुने भएको छ । प्रधानमन्त्री ओलीले संसदमा बोल्दै लकडाउनको मोडालिटी परिवर्तन हुने बताएका छन् । प्रधानमन्त्रीले बुधबार संसदमा लकडाउनको मोडालिटी आजै परिवर्तन हुने बताएका छन् । उनले भनेका...

औषधी व्यवसायीद्धारा ट्राफिक प्रहरीलाई ‘लापसे’ किट वितरण (भिडियोसहित)

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । संघको स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्र्तगत नेपाल औषधी व्यवसायी संघ...

१० माघदेखि हिसान खेलसप्ताह हुने, ३० हजार विद्यार्थीले भाग लिने

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । विराटनगरमा आगामी माघ १० गतेदेखि १६ गतेसम्म खेलसप्ताह गर्ने भएको हो ।गतवर्ष आयोजना गरिएका खेल विधाका अतिरिक्त महिला फूटबल तथा कवड्डी...

एसइइ कप : मोरङ र सुनसरीका पाँच स्कुल विजय

विराटनगर । विराटनगरमा जारी एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् ।विराटनगरको सहिद मैदानमा शनिबार भएको खेलमा वीरेन्द्र मावि, दिल्ली पब्लिक, सुनसरी किस्टल, जनता मावि र आर्दश...

रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत

काठमाडौं, २८ भदौ-कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत...

नेपालमा थप २७१४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत शिक्षकहरु आन्दोलित

भोजपुर, फागुन १६–भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले आफूहरुलाई करार दरबन्दीमा लान माग गर्दै कलम बन्दसहितको चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आफुहरुले बिगतमा राखेका मागहरु पूरा नभएको भन्दै आजबाट भोजपुर क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्