औषधी व्यवसायीद्धारा ट्राफिक प्रहरीलाई ‘लापसे’ किट वितरण (भिडियोसहित)

 न्यूज विराट
औषधी व्यवसायीद्धारा ट्राफिक प्रहरीलाई ‘लापसे’ किट वितरण (भिडियोसहित)

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

संघको स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्र्तगत नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले बिहीबार लागुऔषध पदार्थ सेवन (लापसे) गरे नगरेको परीक्षण गर्ने किटसहित स्वास्थ्य सामाग्री ट्राफिक प्रहरीलाई वितरण गरेको हो ।

संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकालले किट र स्वास्थ्य सामाग्री मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । लापसे किट नभएको कारणले ट्राफिक प्रहरीलाई परीक्षणमा समस्या भएको थियो । लापसे गरेर सवारी चलाएको ब्रेथलाइजर मेसिनले पत्ता लाग्दैन । मादक पदार्थ सेवन (मापसे) गरेको मात्र ब्रेथलाइजर मेसिनले पत्ता लगाउने गर्दछ ।

लापसेको पत्ता नलाग्दा ट्राफिक प्रहरीलाई समस्या हुने गरेको थियो । अब लापसे सेवन गरे नगरेको परीक्षण गर्ने किट आएकोले ट्राफिक प्रहरीले लापसे अभियान सुरू गर्ने मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । लापसे सेवन गरेर सवारी चलाएको पाइए कारवाहीको दायरामा ल्याउन किटले सहयोग पु¥याउने उनले बताए । केही दिन भित्रमा लापसे अभियान पनि सुरु हुने ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

संघको सप्ताहव्यापी कार्यक्रम बुधबारबाट सुरू भएको हो । पहिलो दिन विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेको थियो । शुक्रबार विराटनगरको हस्पिटल चोकमा रक्तदान कार्यक्रममा रहेको संघका उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।
संघले असार ५ गतदेखि १० गतेसम्म हप्ताभरी विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने भएको छ । संघको स्थापना दिवस असार १० गते पर्दछ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्