राशिफल

भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत शिक्षकहरु आन्दोलित

 न्यूज विराट
भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत शिक्षकहरु आन्दोलित

भोजपुर, फागुन १६–भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले आफूहरुलाई करार दरबन्दीमा लान माग गर्दै कलम बन्दसहितको चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।

आफुहरुले बिगतमा राखेका मागहरु पूरा नभएको भन्दै आजबाट भोजपुर क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले पेन डाउन गर्दै चरणबद्ध आन्दोलन सुुरु गरेका हुन् । आंशिक शिक्षकहरुलाई त्रिभुवन विश्वविद्यालयले क्याम्पसमा त्रिविको दरबन्दी अनुसार करार दरबन्दीको शिक्षण सहायक पदमा लैजानुपर्ने माग राख्दै आंशिक शिक्षक संघ भोजपुर क्याम्पस इकाई समितिले आन्दोलन सुरु गरेको हो ।

आफूहरुका माग क्याम्पस प्रशासनमार्फत सम्बन्धित निकायमा बुझाई सकिएकाले आफूहरुका माग पूरा नभए क्याम्पस प्रशासनमा तालाबन्दीसहितका कार्यक्रम ल्याउने संघले जनाएको छ । क्याम्पसमा पढाउने शिक्षकहरुको मागलाई जतिसक्दो चाँडो समाधान गरेर सहजरुपमा अध्ययनको वातावरण निर्माण गर्नु माग विद्यार्थीहरुको रहेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...