एसइइ कप : मोरङ र सुनसरीका पाँच स्कुल विजय

 न्यूज विराट
एसइइ कप : मोरङ र सुनसरीका पाँच स्कुल विजय

विराटनगर । विराटनगरमा जारी एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् ।
विराटनगरको सहिद मैदानमा शनिबार भएको खेलमा वीरेन्द्र मावि, दिल्ली पब्लिक, सुनसरी किस्टल, जनता मावि र आर्दश मावि विजय भएका हुन् ।

पहिलो खेलमा वीरेन्द्रले कर्मवीर माविलाई २– १ गोलले हरायो । जितको लागि वीरेन्द्र माविको तर्फबाट समीर माझी र आशान ऋषिदेवले गोल गरे । कर्मवीरका रोहन सरदारले सान्तवना गोल फर्काए । म्यान अफ दि म्याच वीरेन्द्र माविका समीर माझी घोषित भए ।
दोस्रो खेलमा डिपिएसलले इडेन स्कुललाई ३–० गोलले पराजित गर्यो । जितको लागि डिपिएसको तर्फबाट आयुश शहनी, अमन खवाश र बिटिश राईले गोल गरे । म्यान अफ म्याच आयुश शाहनि भए ।
तेस्रो खेलमा सुनसरी किस्टलले टाइब्रेकरमा सारदा माविलाई ४–२ गोलले निरास बनायो ।
चौथो खेलमा जनता माविले बिराट शिक्षा निकेतनलाई ५–० गोलले हरायो । जितको लागि जनता माविको तर्फबाट सविन माझीले ह्याट्रिक गर्दै तीन गोल, आयुश राजवंशी र रोहन मण्डलले १ –१ गोल गरे । म्यान अफ द म्याच सबिन माझी घोषित भए ।
पाँचौ खेलमा आदर्श मा.विले अपर्ण स्कुललाई ४–० गोलले पराजित गर्यो । जितको लागि अनमोल अधिकारीले दुई गोल, युसन लिम्बू र सोल्क बस्नेतले १–१ गोल गरे । म्यान अफ दि म्याच अनमोल अधिकारी घोषित भए ।
प्रतियोगितामा मोरङ र सुनसरीका ४४ वटा विद्यालयको सहभागि रहेको कार्यक्रम संयोजक विक्रम कार्की (बिक्की) ले जानकारी दिए ।

सम्बन्धित समाचार

मिसेस कोशीको फाइनलमा १७ जना छनौट

विराटनगर । चौथो संस्करणको मिसेस कोशीको फाइनलमा १७ जना छनौट भएका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा हुँदै गरेको मिसेस कोशी २०२२ प्रतियोगितामा २१ जना प्रतियोगिहरुबाट प्रारम्भीक चरणको प्रतिस्पर्धामा ४ जनाप्रतियोगिहरु बहिरीएका हुन्...

व्यक्तिगत लाभ प्राप्त नगरेकाहरुले सरकारको बिरोध गरे : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले व्यक्तिगत लाभ प्राप्त गर्न नसक्नेहरूले काम गरेन भन्दै सरकारको बिरोध गरिरहेको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज कोशीको दोस्रो प्रदेश अधिवेशनको धरानमा शनिबार उद्घाटन गर्दै यस्तो बताएका...

प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु हुँदै

विराटनगर, २३ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धि गरिने भएको छ । कामदारमा दक्षता अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले प्रदेश १ मा परियोजना स्ुरु हुन लागेको हो । कृषि, पर्यटन र निर्माण...

ब्राजिलका नागरिक बोकेर दिल्ली उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, २ वैशाख-पाल वायु सेवा निगमले मंगलबार भारतको नयाँ दिल्ली उडान भर्दैछ ।विमानले नेपालमा रहेका ब्राजिलियन नागरिक लिएर जान अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ब्राजिलियन राजदूतावासले निगमको जहाज चार्टर गरेको हो...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई नेपाली कांग्रेसले हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न...

सेन्टर मलमा नयाँ वर्षको अफर धमाका

विराटनगर । विराटनगरस्थित सेन्टर मलले नयाँ वर्षको अवसर पारेर ‘सेन्टर मल नव वर्ष २०८१ को अफरहरुको धमाका’ सहितको छुट योजना ल्याएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि उक्त अफरहरुको धमाका योजना लिएर आएको हो...

मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...

कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी, ५२ वर्षीय राजवंशीको सफल उपचार

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक टाउँको ‘क्रेनियोप्लाष्टि’ सर्जरी गरी सफल उपचार गरिएको छ । विराटनगर – १२ बखरकीका ५२ वर्षीय भरतलाल राजवंशीको टाउँको ‘क्रेनियोप्लाष्टि’ सर्जरी गरी सफल उपचार गरेको हो । राजवंशी सवारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्