लकडाउनको मोडालिटी परिवर्तन हुन्छ : प्रधानमन्त्री - News Birat

लकडाउनको मोडालिटी परिवर्तन हुन्छ : प्रधानमन्त्री

न्यूज विराट

काठमाडाैं, २८ जेठ-मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे निर्णय हुने भएको छ । प्रधानमन्त्री ओलीले संसदमा बोल्दै लकडाउनको मोडालिटी परिवर्तन हुने बताएका छन् । प्रधानमन्त्रीले बुधबार संसदमा लकडाउनको मोडालिटी आजै परिवर्तन हुने बताएका छन् ।

उनले भनेका छन्, ‘लकडाउनको सरलीकरण गर्ने, जनतालाई सुविधा पुगोस, शिक्षालाई कसरी सहज बनाउने भन्ने विषयमा आज महत्वपूर्ण निर्णय हुन्छ ।’

कोरोना भाइरस रोकथाम उच्चस्तरीय कार्यदलले लकडाउन खोल्ने मोडालिटीबारे नयाँ प्रस्ताव ल्याएको छ । सरकारले लकडाउन नखोले पनि व्यापार गर्नेहरुले पसल खोल्न थालेपछि सरकारलाई दबाब परेको छ ।

सरकारलाई लकडाउन खुकुलो बनाउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ चरणमा लकडाउन खुकुलो बनाउने प्रस्ताव पेस गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles