रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत

 न्यूज विराट
रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत

काठमाडौं, २८ भदौ-कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत २६ भदौमा दिइएकोमा ज्योतिषीले नमिलेको भनी प्रतिक्रिया दिएपछि भदौ २९ गतेको दोस्रो साइत सार्वजनिक गरिएको थियो । २९ भदौ सोमबार द्वादशी तिथि र तिष्य नक्षत्र छ ।

ज्येष्ठा नक्षत्रले तिष्य नक्षत्रलाई बेध गरेकाले यस्तो समयमा शुभकार्य गर्न नमिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) का सम्पादकको भनाइ छ ।

भदौ २९ गते सोमबार दिउँसो १ः२४ सम्म तिष्य नक्षत्र छ । रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको साइत त्यसअघि नै पर्ने तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए ।

साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा भदौ २१ गते आइतबार चतुर्थी तिथिका दिनको साइत रथ तान्नका लागि भनी दिइनु पनि गलत भएको उनले बताए । भदौ २१ गते आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौँथी तिथि परेको थियो ।

यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले बेध गरेकाले पनि यस्तो साइत दिनु ठिक नभएको ज्योतिषीको भनाइ छ ।

ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेल इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहतसंहितालगायत ग्रन्थमा उल्लेख भएपनि रातो मच्छिन्द्रनाथको साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताउँछन् । रातो मच्छिन्द्रनाथकै विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभएपनि सामान्य रुपमा साइत दिनु नहुने समयकै साइत भदौ २१ गते आइतबार दिइएको पाइएको उनले जानकारी दिए । तिथिको हिसाबले २० भदौ शनिबार वा भदौ २२ गते सोमबारको साइत किन नदिएको होला भन्ने आफूलाई लागेको ज्योतिषी पोखरेल बताउँछन् । भदौ २६ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत पनि गलत भएको ज्योतिष शास्त्रीहरूको भनाइपछि २९ भदौ सोमबारको साइत दिइएको छ ।

‘सीमित समयको उत्तम साइत’

किन आइतबारकै साइत रथ तान्न, भदौ २६ र २९ गतेको साइत मच्छिन्द्रनाथलाई बुङ्मतीमा भित्र्याउन दिइएको भन्ने सम्बन्धमा प्रतिक्रिया लिन जात्रा चलाउने गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले भदौ २२ गतेदेखि असोज १ गतेभित्र रातो मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत दिनुपर्ने भएकाले भदौ २९ गतेको साइत दिइएको बताए । ज्योतिष शास्त्रको ग्रन्थ मुहूर्त चिन्तामणि अनुसार सबैभन्दा उपयुक्त साइत दिएको पनि उनले बताए । भदौ २६ गते साइत दिएको भए आफैँले बिरोध गर्ने ज्योतिषी पूर्णमङ्गलको भनाइ थियो ।

पाटनका चार टोलका चार खलकमध्येको प्रतिनिधित्व हुने गरी रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित साइत निकाल्ने गरिएकामा विगत ५० वर्ष अघिदेखि भने न्यउत र बखुम्बहाल टोलको प्रतिनिधित्व हुन सकेको छैन । हाल डौबहालबाट पूर्णमङ्गल र नागबहालबाट कीर्तिकिरण जोशी दुई जनामात्र साइत निकाल्न सहभागी हुने गरेका छन् ।

असोज २ गतेदेखि अधिकमास लाग्ने भएकाले सीमित समयभित्रबाट राम्रो साइत निकाल्नुपर्दा भदौ २९ गतेको साइत निस्किएको ज्योतिषी कीर्तिकिरण बताउँछन् । सोमबार बिहान १०ः५ देखि १०ः२० भित्रमा रातो मच्छिन्द्रनाथालाई बुङ्मतीतिर लैजाने साइत दिइएको उनले बताए । प्रायःजसो जेठ महिनामै रथयात्रा गरी भोटो जात्रा गरिने मच्छिन्द्रनाथको कार्यक्रम यस वर्ष कोरोना भाइरस फैलने डरले स्थगित गरिँदै आएको थियो । कोरोनाबाट बच्न जारी निषेधाज्ञाकाबीच गत हप्ता स्थानीयवासी जात्रा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएपछि रथ तान्न दबाब परेको थियो । रासस 

सम्बन्धित समाचार

यी हुन नागरिकता बिद्येयकमा राष्ट्रपतिले उठाएको गम्भीर सवाल

काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासँगै संघीय संसदमा १५ बुँदे सन्देश पठाउनु भएको छ । सन्देशमा ९ वटा विषयलाई गम्भीरतासाथ उठाइएको छ । सदनले साउन १५ गते विधेयक प्रमाणीकरणका लागि शीतल निवास...

ताप्लेजुङको हाप्पुखोला बृहत खानेपानी आयोजनको मन्त्री चौधरीले गरे उद्घाटन

विराटनगर, ९ फागुन । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित हाप्पुखोला बृहत खानेपानी आयोजनाको मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका छन् । आयोजना निर्माणको काम सम्पन्न भएपछि बुधबार मन्त्रप्ी चौधरीले उद्घाटन गरेका हुन् । सो अबसरमा मन्त्री चौधरीले आयोजना...

प्रधानमन्त्री ओलीले मंगलबार कोशीको प्रदेशसभामा सम्बोधन गर्ने, विपक्षी दलले बहिष्कार गर्ने तयारी

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो २ बजेदेखि सुरू हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।...

खोपका लागि विराटनगरका मेयर पराजुलीले गरे अन्तराष्ट्रिय समुदायसँग अपिल

विराटनगर, ५ असार । संघीय सरकारले खोप दिन नसकेको भन्दै विराटनगर महानगरपालिकाले खोप सहयोग गरिदिनको लागि दातृ निकाय तथा विभिन्न भगिनी सहरहरुलाई अपिल गर्ने भएको छ । आज महानगरका मेयर भीम पराजुलीले विज्ञप्ती जारी गर्दै...

कक्षा १२ को परीक्षामा मेरील्याण्डको फेरी पनि सर्वोत्कृष्ट नतिजा, ५६ जना विद्यार्थीले ल्याए ‘ए’ प्लस

विराटनगर । व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाएर देशभरीमै सधै टप १० मा पर्दै आएको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको परीक्षामा...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं, जेठ २–सरकारको नीति तथा कार्यत्रम संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने छिन् । नीति तथा कार्यक्रम पेस गर्न संसद्...

खुमलटारमा प्रचण्ड-खनाल ३ घण्टा भेटवार्ता

काठमाडौं, १५ वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ झलनाथ खनाल पनि प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेको उच्च स्रोतले बताए । अहिलेको अवस्था धेरै लम्ब्याउन नहुने र छिटो...

२४ घण्टाको अवधिमा थप ७४३ जनामा कोरोना

काठमाडौं, ८ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्