पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज, २३१ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज, २३१ संक्रमित थपिए

विराटनगर, २९ कात्तिक–प्रदेश १ मा शनिबार एकैदिन कोरोना संक्रमण मुक्त भएर छ सय २५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय २२ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार सात सय ७८ पुगेको छ ।

प्रदेश १ मा शनिबार दुई सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा एक सय, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा तीन, तेह्रथुममा दुई, उदयपुरमा एक र प्रदेश १ बाहिरका तीन जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ४६, कनकाईमा १८, झापा गाउँपालिकामा ११, विर्तामोडमा १०, भद्रपुरमा सात, मेचीनगरमा चार, हल्दिबारीमा दुई, बुद्धशान्ति, बाह्रदशी, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा एक÷एक, मोरङको विराटनगरमा ६३, रतुवामाईमा छ, कटहरीमा चार, रंगेलीमा ३, उर्लाबारीमा २, ग्रामथान, बेलबारी, मिक्लाजुङ, सुन्दरहरैचामा एक÷एक, र स्थानीय तह नखुलेका चार जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

सुनसरीको धरानमा २२, इटहरीमा छ, बराहक्षेत्र, इनरुवा र कोशी गाउँपालिकामा एक÷एक, र स्थानीय तह नखुलेका दुई जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता इलामको चुलाचुलीमा दुई, इलाममा एक, तेह्रथुमको म्याङलुङमा दुई, उदयपुरको त्रियुगामा एक र प्रदेश १ बाहिरका तीन जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार छ सय ६५ पुगेको छ ।

प्रदेश १ मा शनिबार सात सय २५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये एक सय ५ महिला र एक सय २६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ७८ हजार ७९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा शनिबारसम्म दुई सय ८० जनाको मृत्यु भएको छ । जसमध्ये २३ जना प्रदेश १ बाहिरका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

देउवा, प्रचण्ड, यादव र माधव नेपालको किर्ते कामको पर्दाफासः एमाले सांसद भट्ट ले भने ‘देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेको छैन’

काठमाडौं, जेठ ७ । एमाले सांसद डा. दीपकप्रकाश भट्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको प्रष्ट पार्नुभएको छ । कांग्रेस सभापति देउवाले तपाईंको समेत हस्ताक्षर प्रयोग गरी प्रधानमन्त्री दावी गर्नुभएको छ नि...

पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश : तत्कालीन माओवादी मन्त्री प्रचण्ड निवासमा

सरकारले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यायदेश लिएको छ । केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पार्टी फुटाउन सक्ने गरी अघि सारिएको अध्यायदेश सोमबार मन्त्रिपरिषद् बैठकले पारित गरेको एक मन्त्रीले बताएका...

६ कम्युनिष्ट पार्टीले गरे भोली नेपाल बन्दको घोषणा

विराटनगर, ३ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीको विरुद्धमा विभिन्न छ वटा कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी, देशभक्त गणतान्त्रीक मोर्चा नेपाल, बैज्ञानिक समाजवार्दी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र नेकपा...

भारत लैजान लागेको तीन जना किशोरीको उद्धार

विराटनगर । आकर्षक तलब र सेवा सुविधा दिने भन्दै दलालको फन्दामा परी भारत लैजान लागेको तीन जना किशोरीको उद्धार गरिएको छ । प्रहरी र साना हात नामक संस्थाले नेपाल –भारत सीमा क्षेत्रबाट तीन जना किशोरीको...

कोशी अस्पतालमा चरम बेथितीः स्वास्थ्यकर्मीले यसरी पढाउँछन् निजी हस्पिटलमा बिरामी

घटना १ विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेल उच्च रक्तचापका कारण घरमा ढले । १६ कार्तिक घरमै ढलेपछि परिवारका सदस्यले उनलाई तत्काल राति १० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । भुजेल परिवारको...

मोरङ कारागारमा देवीको मन्दिर बन्दै

विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र देवीको मन्दिर बन्ने भएको छ । कारागारभित्र महिलातर्फको ब्लकभित्र देवीको मन्दिर बन्ने भएको हो । नयाँ बन्ने मन्दिरको शिलान्यास शुक्रवार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,...

प्रदेश २ लागि थप ४ पीसीआर मेसिन खरिद गर्ने निर्णय

जनकपुरधाम, २६ जेठ-प्रदेश २ सरकारले थप ४ वटा कोरोना परीक्षण गर्न पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिको आजको बैठकले थप...

पत्रकार दासलाई कुटपिट गर्ने दुई जना पक्राउ, ज्यान मार्ने उद्योगमा म्याद थप

विराटनगर । मोरङको उर्लाबारीका पत्रकार पुजन दासलाई निर्घात रुपमा कुटपिट गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका १० का ४० का शिव कार्की र सोही ठाउँका ३८ वर्षीया...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्