६ कम्युनिष्ट पार्टीले गरे भोली नेपाल बन्दको घोषणा - News Birat

६ कम्युनिष्ट पार्टीले गरे भोली नेपाल बन्दको घोषणा

न्यूज विराट

विराटनगर, ३ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीको विरुद्धमा विभिन्न छ वटा कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी, देशभक्त गणतान्त्रीक मोर्चा नेपाल, बैज्ञानिक समाजवार्दी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र नेकपा माओवादी केन्द्र समाजवादीले संयुक्तरुपमा नेपाल बन्दको घोषणा गरेका हुन् ।

राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा भोली नेपाल बन्द गरौँ भन्ने नारासहित पार्टीहरुले बन्दको आब्हान गरेका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles