मोरङ कारागारमा देवीको मन्दिर बन्दै

 न्यूज विराट
मोरङ कारागारमा देवीको मन्दिर बन्दै

विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र देवीको मन्दिर बन्ने भएको छ । कारागारभित्र महिलातर्फको ब्लकभित्र देवीको मन्दिर बन्ने भएको हो ।


नयाँ बन्ने मन्दिरको शिलान्यास शुक्रवार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, जेलर तुलसी राम भगतकारागारका चौकीदार अभिषेक गिरीले संयुक्त रूपमा मन्दिरको शिलान्यास गरेका छन् । चौकीदार गिरीको लगानीमा कारागार भित्र मन्दिर निर्माण हुन लागेको हो । कारागार भित्र कैदी बन्दीहरुलाई पूजापाठमा सहज पु¥याउने उद्देश्यले मन्दिर निर्माण गरिएको चौकीदार गिरीले बताए । उक्त मन्दिर १० देखि १५ लाखको लागतमा निर्माण हुनेछ । दुई महिनाभित्रमा निर्माण पुरा गर्ने गरी काम सुरु भएको छ ।

कारागारमा १०५ जना महिला कैदीबन्दी रहेका छन् ।

सम्बन्धित समाचार

विराटनगरको नोबेल मेडिकल कलेज र अभिभावकबीच भएको सहमतिप्रति विद्यार्थी संगठनको आपत्ति

काठमाडौं, २ माघ । अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थीका अभिभावक र नोबेल मेडिकल कलेजबीच भएको सहमतिप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । केही अभिभावकले आर्थिक प्रलोभनमा परेर सहमति गरेको भन्दै नोबेल मेडिकल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो

एजेन्सी, ७ असोज-अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ लाख नाघेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको...

कोरोनाकाे इपीसेन्टर बन्दै दैलेख, ८७ संक्रमित गाउँमै

दैलेख, २५ जेठ-दैलेख कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न यहाँका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा...

सुदूरपश्चिमका मुक्त हलिया परिवारलाई साँझबिहानको छाक टार्न मुस्किल

कञ्चनपुर, ३० चैत-कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ ।सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न निकै मुस्किल भएको छ । दैनिक ज्याला...

गठबन्धन नगर्न कांग्रेसमा अधिकांशको सुझाव

गाउँ-गाउँ पुगेर फर्किएका अधिकांश कांग्रेस नेताहरूले नेतृत्वलाई गठबन्धन नगर्न सुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखेका २१ मध्ये अधिकांश नेताहरूले गठबन्धन नगर्न सुझाव दिएका हुन् । नेकपा र एमाले विभाजित रहेकाे अवस्थामा कांग्रेसलाई फाइदा हुने भन्दै...

भोलि बिहानदेखि देशभर ‘लकडाउन’

सरकारले मंगलबार बिहानबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

आज १ हजार ३१३ जनामा कोरोना संक्रमण

काठमाडौं, ९ असोज-गत २४ घण्टामा नेपालमा एक हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार २ सय ६२ को पीसीआर गर्दा आज देशभर एक हजार ३ सय १३ संक्रमित थपिएका हुन्...

नेकपाको आयोजनामा मोरङमा बृहत बृक्षारोपण, ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरे

विराटनगर, असार १४–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गरौँ, वातावरणको सुधार गरौ’ भन्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्