कोशी अस्पतालमा चरम बेथितीः स्वास्थ्यकर्मीले यसरी पढाउँछन् निजी हस्पिटलमा बिरामी

 न्यूज विराट
कोशी अस्पतालमा चरम बेथितीः स्वास्थ्यकर्मीले यसरी पढाउँछन् निजी हस्पिटलमा बिरामी

घटना १

विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेल उच्च रक्तचापका कारण घरमा ढले । १६ कार्तिक घरमै ढलेपछि परिवारका सदस्यले उनलाई तत्काल राति १० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । भुजेल परिवारको आर्थिक अवस्था नाजुक भएको कारणले उनीहरूले कोशी अस्पताल लगेका थिए । त्यसबेला आकस्मिक कक्षमा डियुटीमा अहेब अजय यादव रहेका थिए । उनले बिरामीको अवस्था हेरेपछि उपचारको लागि अस्पतालमा ठाउँ खाली नभएको, राम्रो र गुणस्तरीय स्वास्थ्य उपचार सेवा रेड प्लस हस्पिटलमा हुने बिरामीलाई बताए । उक्त हस्पिटलमा अहेब यादवसहित कोशी अस्पतालका अवकाशप्राप्त लेखा अधिकृत राजकुमार दाहाल, अस्पतालका नायव सुब्बा नवराज लुईटेल र अर्का एक जना अस्पतालका कर्मचारीको लगानी छ ।

यो हस्पिटल कोशी अस्पतालबाट करिब तीन सय मिटर उत्तर विराटनगर—७ शनिहाटमा छ । आफ्नै अस्पतालमा बिरामी लैजान पल्किएका अहेब यादवले फोन गरेर मे १ च १६७९ नम्बरको एम्बुलेन्स बोलाए । राती आएको एम्बुलेन्समा हालेर बिरामी भुजेललाई राती ११ बजे रेड प्लस हस्पिटलमा पु¥याए । रेड प्लस हस्पिटलमा दुई दिन राखेर उपचार गरेको बिल ७० हजार रुपैयाँ आएपछि बिरामीका आफन्त चिन्तित भए । सस्तोमा उपचार हुने बताएर स्वास्थ्यकर्मीले उनीहरूलाई रेड प्लस हस्पिटल पठाएका थिए । दुई दिन उपचार गरेको बिल ७० हजार रुपैयाँ आएपछि बिरामीका आफन्तलाई चिन्ताले सतायो । ऋण काढेर रेड प्लसको पैसा तिरेपछि तत्काल उनीहरूले रेफर मागेर पुनः कोशी अस्पतालमा १७ कार्तिकमा भुजेललाई लिएर आए । अहिले भुजेलको कोशी अस्पतालको आईसीयुको ५ नम्बर बेडमा उपचार भइरहेको छ ।

घटना २

मोरङको बुढीगंगा गाउँपालिका—१ का ३० वर्षीय समीर ढकाल १५ कार्तिक साँझ घरको सिढीबाट लडेर बेहोस भए । ढकालकी आमा रामरेखा र दिदी उर्मिला ढकालले कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । त्यसबेला रातिको १० बजेको थियो । ड्युटीमा थिए—अहेब अजय यादव । बिरामीको अवस्था हेरेपछि उनले बिरामीलाई आईसीयूमा राख्नुपर्ने र कोशीमा ठाउँ खाली नभएको बताए । घटना १ का बिरामी सुरेश भुजेललाई जस्तै अहेब यादवले आफ्नो हस्पिटलमा लैजान सिफारिस गरे । यादवले एम्बुलेन्स बोलाएर राति ११ बजे रेड प्लस हस्पिटलमा लिएर गए । रेड प्लस पु¥याएपछि बिरामी ढकाललाई आईसीयूमा राखियो । १६ कार्तिकमा एक रात राखेको बिल २३ हजार ४ सय रुपैयाँ आयो । सस्तोमा उपचार हुने भनेर आएका ढकाल परिवार हस्पिटलको बिल सोचेभन्दा बढी आएपछि आतिए । स्वास्थ्य बीमाबाट उपचार गर्ने भनेर आएका ढकाल परिवारले सहकारीबाट ऋण काढेर रेड प्लसको एक दिन उपचार गरेको रकम बुझाएपछि रेफर मागेर मोरङ सहकारी हस्पिटल लिएर गए । रेड प्लसमा आईसीयुमा राखेर उपचार गरेको बिरामीको मोरङ सहकारीमा जनरल वार्डमा दुई दिन राखेर उपचार गरेपछि १८ कार्तिकमा डिस्चार्ज भयो । मोरङ सहकारीमा उनीहरुले स्वास्थ्य बीमाबाट उपचार गरेका थिए । ‘सुरूमै मोरङ सहकारीमा रेफर गरिदिएको भए यति धेरै पैसा खर्च हुने थिएन,’ बिरामीकी आमा रामरेखा ढकालले भनिन्, ‘सरकारी हस्पिटलमै केही स्वास्थ्यकर्मी र बिचौलियाको कारणले ठगिनु परेको छ ।’

घटना ३

३ कार्तिकमा बिष सेवन गरेर मोरङको कानेपोखरी गाउँपालिका—४ की ३० वर्षीया एक जना महिला अर्धचेत भएकी थिइन् । आर्थिक अवस्था नाजुक रहेको ऋषीदेव समुदायकी ती महिला सुकुम्बासी हुन् । उनी डाँसखोला नजिक फुसको छानोमा बस्ने गरेकी थिइन् । बिरामी भएपछि परिवार र छिमेकीले १० हजार रुपैयाँ ऋण काढेर विराटनगरस्थित कोशी अस्पतालमा लिएर आए । कोशीमा आएपछि जनरल वार्डमा भर्ना भएर उनको उपचार भइरहेको थियो । ५ कार्तिकमा बिचौलियाले ती बिरामीलाई कोशी अस्पतलाको शैय्याबाट हस्पिटल चौकमा रहेको विराट सिभिल हस्पिटलमा पु¥याए । कोशीमा भर्ना भएका बिरामी होसमा आउँदा विराट सिभिलमा थिए । विराट सिभिलमा तीन दिन राखेर उपचार गरेको बिल फार्मेसीको २० हजार रुपैयाँ र हस्पिटलको ३० हजार रुपैयाँ आएको थियो । पैसा तिर्न नसकेपछि स्थानीयले चन्दा संकलन गरेर हस्पिटललाई २० हजार रुपैयाँ बुझाएपछि बाँकी रहेको औषधी र उपचार खर्च हस्पिटलले मिनाहा गरिदिएको थियो । ती विरामी विराट सिभिल हस्पिटलमा ल्याए बापत बिचौलियाले १० हजार रुपैयाँ कमिसन पाएका थिए । कोशी अस्पतालमा उपचार भइरहेको बिरामी सुरेश भुजेल ।

माथिका प्रतिनिधीमूलक तीन घटनाले कोशी अस्पतालमा आएका बिरामी कसरी त्यही कार्यरत स्वास्थ्यकर्मी र बिचौलियाको फन्दामा पर्दा विपन्न परिवारका बिरामी चर्को शुल्क असुल्ने निजी हस्पिटलमा जान बाध्य पार्ने घटनाको उदांगो भएको छ । आम नागरिकका लागि सुभल रकममा गुणस्तरीय उपचार हुने भनेर आस्थाको केन्द्रको रुपमा कोशी अस्पताल आएका दैनिक २ देखि ५ जनासम्म बिरामीलाई राति ९ बजेपछि रेफर गरिदिने गरेको पाइएको हो । कोशीमा स्वास्थ्यकर्मीले बिरामीलाई निजी अस्पतालमा रेफर गर्ने प्रवृत्ति बढेको छ । स्वास्थ्यकर्मीको जालझेलमा जकडिएर बिरामीलाई सास्ती कोशी अस्पतालमा चलिरहेका २४ शैय्याको आईसीयु १२ शैय्यामा झारिएको छ । केही समयअघि सञ्चालनमा रहेको एचडियु वार्ड बन्द गरिएको छ । अस्पतालका उपकरण बिगारेर, थन्क्याएर वा बिग्रिएको बहाना बनाएर बिरामीलाई निजी अस्पतालमा दौडाउने खेल ब्यापक रूपमा मौलाइरहेको छ । साढे ३ सय शैय्याको अस्पतालमा विविध सेवासुविधाका कारण बिरामीको चाप बढेको छ । अस्पताल प्रशासनका अनुसार दैनिक १ हजार ५ देखि २ हजारको हाराहारीमा बिरामी उपचारका लागि कोशी आउने गर्छन् । उपकरणलगायतका स्तरीय उपचार सेवा हुँदाहुँदै पनि त्यहाँका कर्मचारीले निजीमा रिफर गर्ने गरेको गुनासो बिरामीले गर्दै आएका छन् ।
छोराको उपचारको लागि कोशी अस्पताल आएकी रामरेखा घिमिरेले कोशी अस्पतालका स्वास्थ्यकर्मीको कारण निजीमा चर्को शुल्क तिरेर उपचार गर्नुपरेको बताइन् । ‘कोशी आउने बिरामी विपन्न सामुदायका हुन्छन् । कोशीमै उपचार सम्भव हुने बिरामीलाई रेफर गर्दा हामीजस्तो पैसा नहुने मान्छेको बिल्लीबाठ भयो,’ उनले भनिन्, ‘कोशीमा उपचार सम्भव नभएको भन्दैं बिरामीलाई कमाउ धन्दामा लागेका स्वास्थ्यकर्मीले रेफर गरेर आफ्नो हस्पिटलमा पठाउँछन् । उनीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्दछ । आगामी दिनमा यस्ता घृणित कार्य रोक्नुपर्नेछ ।’ रेड प्लससहित यहाँका च्याउसरी खुलेका निजी हस्पिटलमा बिरामी पठाइदिए बापत् निश्चित कमिसन छुट्याउने गरेका हुन्छन् । एक हस्पिटल संचालकका अनुसार यसरी रेफर गरेर बिरामी पठाउने स्वास्थ्यकर्मी र बिचौलियालाई हस्पिटलले ३० प्रतिशतसम्म कमिसन दिने गर्छन् ।
कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले आफू कहाँ पनि अस्पतालका बिरामी अन्यन्त्र पठाउने गरेको गुनासो आएको बताए । ‘बिरामीको पनि गुनाउने आएकोले हामीले ड्युटीमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई सचेत गराएका छौं,’ मेसु यादवले भने, ‘कोशीमा उपचार सम्भव भएका बिरामीलाई अन्यन्त्र रिफर गरेको भेटिए तत्काल कार्वाहीको दायारमा ल्याउनेछौं ।’ सरकारी अस्पतालमा उपचारको आशा गर्दै आएका बिरामीलाई अन्यन्त्र रेफर गर्ने यादवलाई हस्पिटलले स्पष्टीकरणको लागि पत्र पठाएको छ । तर, उनले उक्त पत्र बुझेका छैनन् ।
यता कोशी अस्पताल आकस्मिक कक्षका अहेब अजय यादवले हस्पिटलमा आएका बिरामीलाई अन्यन्त्र नपठाएको दाबी गरे । हस्पिटलले स्पष्टीकरण सोधिएको विषयमा भने उनले अनविज्ञता प्रकट गरे । ‘हस्पिटलले स्पष्टीकरण काटेको भन्ने मैले पनि सुनेको हो । पत्र बुझेको छैन,’ उनले भने, ‘मंगलबार हस्पिटल गएर पत्र बुझनेछु । त्यसपछि थाहा हुनेछ ।’

सम्बन्धित समाचार

नेपालमा थप ३ जनामा भेटियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या १२ पुग्यो

काठमाडौं, ३० चैत-नेपालमा थप ३ जनाको कोरोना ‘पोजेटिभ’ देखिएको छ । हेटौँडामा परीक्षण गर्दा आशंका गरिएका ३ जनामा काठमाडौंको टेकु अस्पतालको ल्याबमा परीक्षण गराउँदा पुनः ‘पोजेटिभ’ देखिएको हो । ‘हिजो दिउँसो ११ बजेको रिपोर्ट पोजेटिभ...

कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव

धनगढी, फागुन २०–सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलाली सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र...

सरकारले भन्योः कोरोनाबाट जोगिन ‘एसएमएस’ गर्नुहोस्

काठमाडौं, १६ असार-कोरोना भाइरसबाट जोगिन लामो समय देश लकडाउन भयो । लकडाउन खुकुलो भएपछि भने दैनिक रुपमा संक्रमितको संख्या वढ्दो छ ।लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै मानिसहरुको चहलपहल बाक्लिन थालेसँगै सरकारले भाइरसबाट जोगिन ‘एसएमएस’ अभियान ल्याएको...

ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्स

कोरोना संक्रमित आशंकामा संकलन गरिएका नमुना लिन पुगेको नेपाल एयरलाइन्सको विमान नेपालगन्जको राँझा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरणका क्रममा विमान रनवेमा चिप्लिएको छ । रनवेमा चिप्लिए पनि ठूलो क्षति नभएको नागरिक उड्यन...

विशेष कार्यदल बनाएर द्वन्द्वपीडितका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् । आफ्ना पीडा अवगत गराउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले...

विराटनगर प्रमुख पराजुली भन्छन, म समाज सेवामा भगवान भेटछु

गोपाल पोखरेल विहिबार दिउसो ५ बज्न नपाउदै विराटनगर महानगरका प्रमुख भिम पराजुली हस्याङ फस्याङ गर्दै नोवेल अस्पताल तिर हानिए । अस्पताल पुग्दा गरिव तथा विपन्नलाई वितरण गर्ने खनाको प्याकेट तयार भई सकेको थियो । केही...

लायन्सको पाँचदिने वेविनार शुरु

विराटनगर, वैशाख ३१–लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले कोभिड १९ को महामारीकोवीचमा पनि विभिन्न सेवाहरुलाई निरन्तरता दिएको छ । चुनौतीपूर्ण समयमा पनि क्लवले सेवासँगसँगै विभिन्न अन्र्तक्रियाहरु अघि बढाएको जनाएको छ । डिष्ट्रिक ३२५ एवानको आयोजनामा...

सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

सप्तरी, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्