लकडाउन र निषेधज्ञाको विकल्प खोज्दै प्रदेश १ सरकार

 न्यूज विराट
लकडाउन र निषेधज्ञाको विकल्प खोज्दै प्रदेश १ सरकार

विराटनगर, १८ भदौ–प्रदेश १ सरकारले लकडान र निषेधज्ञाको विकल्प खोज्ने तयारी गरेको छ । प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले लकडाउन र निषेधज्ञाको बिलप खोजिने बताएका हुन् ।

उनले सुरक्षा र सतर्कता अपनाएर अब जनजीवनलाई सामान्य बनाउँदै लैजानुपर्नेमा जोढ दिएका छन् । कोरोना महामारीका कारण उत्पन्न असहज परिवेष लामो हुँदा नागरिक नै समस्यामा परेकोले यसलाई सहज बनाउँदै लकडाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने देखिएको मन्त्री कार्कीले बताए ।

बिहीबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको छलफलमा मन्त्री कार्कीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको प्रयास, त्यसमा भएका कमजोरी र आगामी दिन सरकारको तर्फबाट गर्नुपर्ने कामहरुको विषयमा सुझाबसमेत लिएका छन् ।

सबै क्षेत्रसँग छलफल गरेर प्राप्त सुझावका आधारमा प्रदेश सरकारले केही दिनभित्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ निर्णयहरु लिने तयारी गरिरहेको उनले जानकारी दिए ।

नागरिकहरु अनुसाशित नहुँदा कोरोना रोकथामका लागि अहिले अभ्यास गरिएको लकडाउन र निषेधाज्ञा प्रभाबकारी नभएकोले सरकारले फरक ढंगबाट अगाडि बढ्नुपर्ने सोचिरहेको उनले बताए ।

छलफलका क्रममा सञ्चारकर्मीहरुले कोरोना महामारीका कारण प्रदेशको सञ्चार क्षेत्र नराम्ररी प्रभावित भएको र त्यसको संरक्षणका लागि सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएका वेबसाइट सामुदायिक विद्यालयलाई निःशुल्क हस्तान्तरण

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी...

मन्त्री नआएपछि गण्डकीमा एमालेले गर्‍यो संसद् बैठक अवरुद्ध

गण्डकी प्रदेशसभा बैठक एमालेले अवरोध गरेको छ । मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको हो । `बैठकमा मन्त्री आउनुपर्ने थियो । तर, एक जना पनि हुनुभएन । त्यसैले...

प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको छ : मन्त्री कुसियत

विराटनगर, पुस १-प्रदेश नम्बर १ का पर्यटन, उद्योग, वन तथा वातावरण मंत्री जगदिश कुसियतले बैंकको चर्को व्याज दर र अर्को तर्फ जग्गाको अत्यधिक मुल्यका कारण उद्योग खोल्न गाह्रो भईरहेकोले प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच...

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा एमालेका शेर्पा विजयी

काठमाडौं, १२ माघ । प्रदेश १ मा नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।nसत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का हेमराज थुलुङ राईलाई पराजित गर्दै एमालेका सोनम राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका...

मोरङ ५ मा एमालेका योगेन्द्र मण्डलको बागी उम्मेदवारी

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं. ५ को प्रतिनिधी सभा सदस्यी पदमा नेकपा एमालेका योगेन्द्र मण्डलको बागी उम्मेदवारी परेको छ । मण्डलले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनी...

फेवातालमा एक जनाको शव भेटियो

पोखरा, २८ वैशाख-पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । आइतबार पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले जानकारी दिए । स्थानीयले हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र...

थारु समुदायमा माघीकाे राैनक

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात्...

सेल्फ मेकअप तालिम सकियो

विराटनगर । १२ दिने सेल्फ मेकअप तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिका ५ नम्बर वडाको सहयोग र मिनाज ब्यूटि केयर एण्ड पार्लरको आयोजनामा उक्त तालिम आइतबार सम्पन्न भएको हो ।विराटनगर ५ नम्बर वडा भित्रका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्