राशिफल

प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको छ : मन्त्री कुसियत

 न्यूज विराट
प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको छ : मन्त्री कुसियत

विराटनगर, पुस १-प्रदेश नम्बर १ का पर्यटन, उद्योग, वन तथा वातावरण मंत्री जगदिश कुसियतले बैंकको चर्को व्याज दर र अर्को तर्फ जग्गाको अत्यधिक मुल्यका कारण उद्योग खोल्न गाह्रो भईरहेकोले प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच बनाएको बताएका छन् । स्वदेशी जुत्ता चप्पलको बजार प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा आयोजना गरिएको जुत्ता चप्पल व्यापार मेलाको उद्घाटन गर्दै मंत्री कुसियतले स्वदेशी उद्योग स्थापना र प्रवद्र्धन गर्न प्रदेश सरकारले विशेष गृहकार्य गरिरहेको बताएका हुन् ।

स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नारा सहित आयोजना गरिएको सो मेलामा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । नेपाली जुत्ता चप्पल उद्योगले मुलुकको करिब ६५ प्रतिशत बजार ओगटेको छ ।

विदेशी कच्चा पदार्थ आयात गरी विदेशी जुत्ता चप्पलसंग नै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली जुत्ता चप्पल केही महंगो हुने गरेको भएपनि गुणस्तरमा भने कुनै कमी नरहेको जुत्ता चप्पल व्यवसायीहरुले बताएका छन् । एक महिना सम्म आयोजना गरिएको सो जुत्ता चप्पल व्यापार मेलामा नेपाली ६ वटा उद्योगहरुका उत्पादनहरु राखिएको छ । सो मेलामा करिब १ करोड ५० लाख रुपैयाको कारोबार हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...