मन्त्री नआएपछि गण्डकीमा एमालेले गर्‍यो संसद् बैठक अवरुद्ध - News Birat

मन्त्री नआएपछि गण्डकीमा एमालेले गर्‍यो संसद् बैठक अवरुद्ध

न्यूज विराट

गण्डकी प्रदेशसभा बैठक एमालेले अवरोध गरेको छ ।

मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको हो ।

`बैठकमा मन्त्री आउनुपर्ने थियो । तर, एक जना पनि हुनुभएन । त्यसैले बैठक स्थगित गर्न माग गर्दछौँ,´ एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले भने ।

त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक  ३० जेठ दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles