थारु समुदायमा माघीकाे राैनक

 न्यूज विराट
थारु समुदायमा माघीकाे राैनक

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।

माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

 यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास यस समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

गाउँका मुखिया सबै मिलेर छनौट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ ।

धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँ सराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ ।

सम्बन्धित समाचार

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु : नरपथगञ्जसँग आर्मी स्तब्ध

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जलले विजय सुरूवात गरेको छ । विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट...

कोरोनाभाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

काठमाडाैं, १४ वैशाख-कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले यस हप्ताको सुरुमा नै...

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतले पछिल्लो पटक पठाएको इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले खरिद गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य...

जसपा विराटनगरद्वारा प्रधानमन्त्री ओलीविरुद्ध मौन विरोध प्रदर्शन

विराटनगर, ३० माघ । जनता समाजबादी पार्टी नेपालको महानगर समितिले विराटनगरमा मौन बिरोध प्रदर्शन गरेको छ । जसपा माहानगर समितिले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध स्थानिय बुधहाट चोकमा आज अपरान्ह मौन प्रर्दशन गरेको हो ।...

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री

काठमाडौँ, ३० माघ -गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा...

रोटरी क्लब अफ डाउनटाउनले केक काटेर मनायो उत्सव

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले केक काटेर उत्सव मनाएको छ । वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा उत्सव मनाइएको हो । रोटरी क्लब अफ विराटनगर डाउन टाउनमा महिला समाजसेवीहरु आवद्ध छन्...

संखुवासभाबाट ५ विदेशी पर्यटकको उद्धार

संखुवासभाको सभापोखरी गाउँपालिकाबाट पाँच विदेशी पर्यटकको उद्दार गरिएको छ । सभापोखरी–२ बाह्रेविसे मकालु हिमाल ट्रेकिङका लागि आएका ५ विदेशी पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्दार गरिएको हो । अस्ट्रेलियाका २, क्यानडा २ र फ्रान्सका १ नागरिकलाई...

औषधि तथा बिक्रि प्रतिनिधि संघद्धारा अभिमुखिकरण सम्पन्न

विराटनगर । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिराटनगर ईकाईले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । संघले औषधि प्रतिनिधि एमआर पेशासंग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्