हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएका वेबसाइट सामुदायिक विद्यालयलाई निःशुल्क हस्तान्तरण

 न्यूज विराट
हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएका वेबसाइट सामुदायिक विद्यालयलाई निःशुल्क हस्तान्तरण

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी चार वटा सामुदायिक विद्यालयको वेबसाइट सोमबार एक कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानध्यापकहरूलाई निःशुल्क हस्तान्तरण गरेका हुन् ।

हिमालय दर्शन कलेजको बिआइएम सातौँ सेमेस्टरमा अध्ययनरत छात्रा प्रशंसा लुइँटेल, बीसिए पाँचौँ सेमेस्टरमा अध्ययनरत सिवानी साह, बीसिए सातौँ सेमेस्टरमा अध्ययनरत भबिस भट्टराई र बीएससी सिएसआइटी आठौँ सेमेस्टरमा अध्ययनरत रामाशिष कामतले सामुदायिक विद्यालयहरूको वेबसाइट निमार्ण गरेका हुन् । लुइँटेलले विराटनगरस्थित श्री सरस्वती मावि, साहले जनपथ स्कुल, भट्टराईले श्री मिल्स मावि र कामतले सरस्वती नमुना स्कुलको वेबसाइट निमार्ण गरेका थिए ।

पढाइमा सिकेको ज्ञान उनीहरूले व्यवहारमा उतार्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयको निःशुल्क रूपमा वेबसाइट निमार्ण गरी हस्तान्तरण गरेको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । पहिलो चरणमा चार वटा सामुदायिक विद्यालयहरूको वेबसाइट निमार्ण गरी हस्तान्तरण गरेको उनले बताए । ‘मोरङमा मात्र नभएर अन्यत्र जिल्लाका सामुदायिक विद्यालयहरूको पनि वेबसाइट निमार्ण गर्ने हामीले तयारी गरेका छौँ,’ कलेज प्रमुख सापकोटाले भने, ‘यहाँ अध्ययनरत विद्यार्थीले १५ वटा सामुदायिक विद्यालयको निःशुल्क वेबसाइट निमार्ण गरी हस्तान्तरण गर्ने तयारी गरिएको छ ।’ अरू विद्यालयको क्रमशः विद्यार्थीहरूले वेबसाइट निमार्ण गरी हस्तान्तरण गर्नेछन् ।
कलेजका विद्यार्थी लेसान्त सापकोटाले पढाइमा सिकेको कुरा व्यवहारमा उतारेको बताए । उनले आगामी दिनमा अन्य सामुदायिक विद्यालयहरूको पनि वेबसाइट निमार्ण कार्यलाई निरन्तर दिने बताए । विद्यार्थीहरूले निमार्ण गरेको वेबसाइट विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू माझ प्रस्तुत गरेपछि हस्तान्तरण गरिएको थियो ।


कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका निर्देशक भेषराज पोखरेलले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले हिमालय दर्शन कलेजले दक्ष जनशक्तिहरू उत्पादन गर्न सुरु गरेको बताए । कलेजमा अध्ययन गर्दै आएका विद्यार्थीले सिकेको ज्ञान व्यवहारमा उतार्दै सामुदायिक विद्यालयको निःशुल्क रूपमा वेबसाइट निमार्ण गरी हस्तान्तरण गरेको बताए । दक्ष प्राविधिक जनशक्तिहरू उत्पादन स्थानीय स्थरमा हुन थालेपछि काठमाण्डौं जानुपर्ने बाध्यताको पनि अन्त्य भएको उनले बताए । पढाइ सँगै विद्यार्थीहरूलाई स्वरोजगार बनाउने ध्यानमा कलेज गएको उनले सुनाए । हिमालय दर्शन कलेजले चाँडै कम्पनी पनि दर्ता गरी विद्यार्थीलाई स्वरोजगार बनाउने लक्ष्य लिएर अगाडी बढेको उनले बताए ।
कार्यक्रममा बोल्दै जनपथ स्कुलका प्रधानाध्यापक हरि प्रसाद पराजुलीले सामुदायिक विद्यालयको गतिविधिको सम्पूर्ण जानकारी दिन बनाएको वेबसाइट निक्कै प्रभावकारी रहेको बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सुधार गर्ने हो भने प्रविधिमा पनि लगानी गरिनुपर्ने बताए । निजी क्षेत्रबाट विद्यालयको हरेक गतिविधि देखाउन निर्माण भएको वेबसाइट प्रदान गर्ने विद्यार्थीहरूलाई उनले आभार प्रकट गरे । कलेजका एकाडेमी प्रमुख कुसल निरौला र कलेजका प्रध्यापक कमल साहले प्राविधिक सहजिकरण गरेका थिए ।

सम्बन्धित समाचार

महिला क्रिकेटको उपाधि सरस्वती स्कुललाई

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको सरस्वती स्कुलले जितेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार सम्पन्न भएको प्रतियोगितामा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ७२ रनको...

मजदुरमारा देखियो माओवादी सरकार, मजदुरले पाएनन २६ महिनासम्म तलब

सीपी लोहिया, न्युज कारखाना । बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थ वर्करहरूले २६ महिनासम्मको तलब पाएका छैनन । बिभिन्न चरणमा भएको सहमति कार्यान्वयन नहुँदा ती मजदुरले तलव नपाएका हुन । २३ महिनासम्मको तलब नपाएको भन्दै गत...

विश्व मुटु दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनको प्रौढलाई सहयोग

विराटनगर, १५ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विश्व मुटुरोग दिवसको अवसर पारेर प्रौढलाई सहयोग कार्यक्रम सञ्चालन गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले रोट्राक्ट क्लब अफ नोबेल...

माधव पक्षीय सांसद हिराचन्द्र केसीद्वारा राजीनामा दिन अश्वीकार

नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षका लागि सांसद बनाएकाले बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको...

दुबईमा नेपाली श्रमिक बेतलबी बिदामा बस्न बाध्य

काठमाडाैं, ४ वैशाख-दुबईमा धेरै नेपालीलाई राेजगारदाता कम्पनीले बेतलबी बिदामा बस्न बाध्य पारेकाे पाइएकाे छ । त्यहाँबाट नेपाल फर्किन चाहेका नेपालीमध्ये ७६ प्रतिशत बेरोजगार पाइएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वदेश फर्किन चाहनेहरूको तथ्याङ्क थाहा...

विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा पुनः देवकीनन्दन शर्मा

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा पुनः निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट शर्माले ३८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका...

शव ल्याउन श्री एयरलाइन्सको विमान ट्युनेशियातर्फ

काठमाडौं, ८ वैशाख-निजी क्षेत्रको श्री एयर लाइन्स टियनेशियाको लागि चार्टर उडान गरेको छ । नेपाल आर्मी र युनाइटेड नेशनले चार्टर गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार बिहान ६ बजे उडान गरेको एयर शुक्रबार...

एमालेको उद्योग विभाग प्रमुख बने विराटनगरका मोती दुगड

विराटनगर, २ पुस । व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्