क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, पीसीआर परीक्षण हुँदै

 न्यूज विराट
क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, पीसीआर परीक्षण हुँदै

पोखरा, २१ असार-बागलुङमा क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । बागलुङस्थित ढोरपाटन नगरपालिका–४ को क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएको हो ।

निसिखोला गाउँपालिका–२ देविस्थान घर भएका २९ वर्षका युवा फोक्सोमा समस्या देखिएपछि भारतबाट उचपार गरी फर्किएर क्वारेन्टनइनमा बसेको थिए । शनिवार राति १२ बजे क्वारेन्टाइनमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ ।

युवालाई पहिला उत्तरगंगा माबिको क्वारेन्टाइनमा राखिएकोमा स्वास्थ्य अवस्था बिग्रिएपछि घर पठाइएको थियो । तर, वडा कार्यालयले युवालाई घर पठाएको सूचना पाएपछि फेरि खुंगाकै विद्यालयमा बनाइएको क्वारेन्टाइनमा सारिएको थियो ।

मृत्यु भएका युवाको अहिलेसम्म पीसीआर रिपोर्ट नआएको वडा अध्यक्ष तिलक पुनले बताए । ती युवाको घरमा बस्ने वातावरण नभएको भन्दै ससुराली रहेको ढोरपाटन नगरपालिका वडा–४ पठाइएको थियो ।

युवकको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उनको घर परिवारका अन्य ३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

सम्बन्धित समाचार

सुनसरीको भोक्राहा गाउँपालिकामा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने

विराटनगर, ३० माघ । सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भोक्राहामा बन्न लागेको बीउ स्रोत केन्द्र (कृषि बिकास) को...

विराट एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि...

घरमै राहतले दैनिक ज्यादारी काम गर्ने विपन्न परिवारमा खुशि

विराटनगर, चैत २८–प्रतिकूल अवस्थामा पनि स्थानीय सरकारले विपन्न परिवारहरुलाई राहत वितरण अभियान चलाएपछि मोरङको कटहरी गाउँपालिका–६ मा खुसी छाएको छ । कटहरी गाउँपालिका–६ नं. वडाले लकडाउनको अवधि थपिएपछि सो क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने यस्ता...

विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरिन्छ : प्रधानमन्त्री

काठमाडाैं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका सबै नेपालीको उद्धार गरिने बताएका छन् । साेमबार साँझ राष्ट्रकाे नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले  सम्बन्धित मुलुकका राष्ट्र प्रमुखहरूसँग संवाद भइरहेकाले केही दिनमै विदेशमा रहेका नेपालीहरूको...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

काठमाडौं, २ बैशाख-दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रलायका अनुसार १४ अप्रिल देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर...

कोरोनाविरुद्धको लडाईमा प्रतिपक्षी कांग्रेसका सुझाव उपयोगी : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोना भाइरसविरुद्धको लडाईमा ऊर्जा मिलेको बताएका छन् । कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले सरकारलाई बुझाएको १७ बुँदे सुझाव...

बैंकको चर्को ब्याजविरूद्ध विराटनगरमा बुधबार मौन जुलुस

विराटनगर । मोरङ व्यापरा संघको नेतृत्वमा विराटनगरमा बुधबार दिउँसो बैंकको चर्को ब्याजविरूद्ध मौन जुलुस हुने भएको छ । बुधबार दिउँसो साढे १० बजे मोरङ व्यापार संघको प्राङ्गणमा वृहत मौन जुलुस हुने भएको हो । उच्च...

महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

विराटनगर । महिला उद्यमी सायदा तमसुमसहित चार जना उद्यमीहरू सम्मानित हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समिति मोरङको २० औं साधरणसभामा तमसुमसहित चार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्