विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ ।
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण तयार गर्न, व्यवसायिक विकासका सेवा प्रदायकको इकोसिस्टमको प्रदर्शन गरी यस्तो इकोसिस्टम दीगो रुपमा सुदृढ गर्ने उद्देश्यकासाथ एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको हो ।
एक्स्पोमा नयाँ आइडिया भएका युवा य्ुवतीहरूलाई आफ्नो आइडिया परीक्षण गर्ने, अवसर प्राप्त हुने आयोजक उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले जानकारी दिए । उनले स्टार्ट अप प्रोजेक्ट उद्योग संगठन मोरङले प्रदेश १ मा पहिलो पटक सञ्चालनमा ल्याएका कारण एक्स्पोमा पनि स्टार्टअपको छुट्टै पेभिलिएन बनाउन लागिएको बताए । उद्यमी बन्न चाहने युवाहरूले पेभिलियनमा आफ्नो आइडिया राख्न पाउने छन् । प्याकुरेलका अनुसार स्टार्टअपमा व्यवसाय दर्तादेखि, लेखा राख्ने र व्यवस्थित व्यवसाय कसरी गर्ने भन्नेबारे विज्ञहरूबाट जानकारी दिने व्यवस्था गरिएको छ ।
पेभेलियनमा उद्योग संगठनको स्टार्टअप कार्यक्रमअन्तर्गत दोस्रो व्यचका लागि छनौट गरिएका १७ वटा स्टार्टअप नवप्रवर्तक उद्यमीहरू, विजनेश कोचहरू, विराटनगर महानगरपालिका, प्रदेश उद्योग तथा श्रम रोजगार मन्त्रालयलगायतको सहभागिता हुनेछ । व्यवसायिक आइडिया तथा सोच भएका तर, के गर्ने कसो गर्ने भन्ने ज्ञान नभएका जो कोहीका लागि स्टार्टअप पेभेलियन उपयोगी हुने अध्यक्ष प्याकुरेलले बताए ।
विराटनगर । विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी–२०७९ प्रतियोगिता हुने भएको छ । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पहिलो अडिसन फागुन ९ गते हुने जानकारी गराएको...
एजेन्सी, २० कात्तिक-अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्मको मतपरिणामअनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडेनले महत्वपूर्ण अग्रता कायम गरेका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेर...
सर्लाही, जेठ ४-सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो...
झापा, ३१ भदौ-झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर...
विराटनगर, १५ फागुन । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हने भएको हो । प्रतियोगिताका...
विराटनगर, १४ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १÷१ पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु...
एजेन्सी, १९ मंसिर-बेलायतले कोरोना भाइरसविरुद्धको खोप लगाएर कुनै प्रकारको साइड इफेक्ट देखिएमा क्षतिपूर्ति दिने घोषणा गरेको छ । बेलायत सरकारले फाइजर र बायोएनटेकको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएपछि यस्तो घोषणा गरेको हो । बेलायत...
लन्डन, कात्तिक ८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया गरेको...