घरमै राहतले दैनिक ज्यादारी काम गर्ने विपन्न परिवारमा खुशि

 न्यूज विराट
घरमै राहतले दैनिक ज्यादारी काम गर्ने विपन्न परिवारमा खुशि

विराटनगर, चैत २८–प्रतिकूल अवस्थामा पनि स्थानीय सरकारले विपन्न परिवारहरुलाई राहत वितरण अभियान चलाएपछि मोरङको कटहरी गाउँपालिका–६ मा खुसी छाएको छ । कटहरी गाउँपालिका–६ नं. वडाले लकडाउनको अवधि थपिएपछि सो क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने यस्ता १ हजार ३ सय ९५ परिवारलाई राहत वितरण गरेको हो ।

लक डाउनका कारण आफ्ना वडाका जनतालाई भोकमरीको अवस्था आउन नदिन पहिलो चरणमा एक हप्तालाई पुग्ने राहत वितरण गरिएको वडाध्यक्ष पृथ्वीलाल सरदारले बताए । ‘दलित समुदायको बाहुल्यता रहेको यो वडामा विराटनगरमा गएर ठेला रिक्सा कुदाउने, जनमजदुरी गर्ने सवै भन्दा धेरै हुनुहुन्छ । लक डाउनले काम थर्न नपाएर भोक भोकै बस्नुपर्ने अवस्था आउन नदिन पहिलो चरणमा यति राहत वितरण गरिएको हो ।’ उनले भने ,‘सिमित श्रोत र साधानका कारण हाललाई राहत वितरण गरिएपनी त्यो मात्र प्रयाप्त छैन ।’

वडाध्यक्ष सरदारले सर्वदलिय संयन्त्रले अतिनै आवश्यक १३ सय ९५ घरधुरी राहतका लागि छनौट गरेपनी गाउँपालिकाले ६ सय ८० परिवारलाई मात्र पुग्ने साहत सामाग्री उपलब्ध गराएपछी वडाकै बजेटबाट थप ७ सय १५ घरलाई राहत वितरण गरिएको जानकारी दिए । उनले वडामा रहेका दैनिक ज्यालादरी मजदुर र विपन्न प्रतिपरिवार १० केजी चामल, १ केजी नुन, आधा लिटर तेल र १ थान साबुन राहत वितरण गरिएको बताए ।


लक डाउन लम्बिएकाले काम गर्न नपाएर हातमुख जोर्न समस्यामा परेका वडाबासी राहत पाएसँगै खुशि भएका छन् । दुखको घडीमा घर–घर आएर वडा समितिले राहत उपलब्ध गराएको सहयोग सराहनीय रहेको स्थानीयले बताएका छन् ।

स्थानीय रामप्रसाद सरदारले आफु दैनिक जनमजदुरी गरेर परिवार चलाउँदै आएपनी लक डाउनले गर्दा काममा जान नपाएर छाक टार्न मुस्किल पर्दै आएको अवस्थामा वडासमितिले राहत उपलब्ध गराएको बताए । ‘हामी दिनहुँ जनमजदुरी गरेर परिवारको पेट पाल्दै आएका छौँ । काममा जान नपाएको धेरै दिन भइसक्यो । घरमा भएको अलिकति चामल दाल पनि सकियो । भोकभोकै बस्नुपर्ने हो कि भन्ने चिन्ता थियो ।’ उनले भने ,‘तर, वडाले थोरै भएपनि राहत दिएको छ । यसले केही दिन भएपनि हामीलाई ठुलै राहत मिलेको छ ।’

त्यस्तै स्थानीय पुजिदेवी राजवंशी, भुन्टिदेवी उराँव, नारायण हस्दा लगायतले पनि वडा समिति मार्फत राहत वितरण गरिएपछी खुशि व्यक्त गरेका छन् । उनीहरुले भने,‘बिहान बेलुका के खानु भन्ने अवस्था थियो । अझै १÷२ दिन ढिलो भएको भए भोकै बस्ने दिन आउँथ्यो । थोरै भएपनी राहत दिनुभएको छ, यसले झण्डै हप्तादिन सम्म त पुग्छ । तर, अझै निकै दिन बन्द भयो भने चाहीँ हामीलाई यति राहतले नपुगेर समस्या हुन्छ ।’

स्थानीय राजनितिक दलका पार्टी प्रतिनिधिहरुले अतिनै विपन्न र राहत वितरण गर्नै पर्ने परिवारमात्र सर्वदलिय संयन्त्रमार्फत छनौट गरिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का राजकुमार देव, नेपाली कांग्रेसका प्रतिनिधि बलराम सरदारले दैनिक जनमजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारमात्र छनौट गरिएको बताए ।

राहत वितरण सुर्यदल गण थलाहका सेनानी तुलबहादुर बोहरा, नेपाल प्रहरीको टोली, नेकपा मोरङका सदस्य तथा कटहरी गाउँपालिका सह–इन्चार्ज सुभाषकुमार सरदार, नेकपा वडा प्रतिनिधि राजकुमार देव, नेपाली कांग्रेसका बरराम सरदारलगायतको उपस्थिीतमा ट्याक्टरमा ढुवानी गरि घर घरमा पुगेर सामाजिक दुरी कायम गरि वितरण गरिएको थियो ।

सम्बन्धित समाचार

तीन जना नगर प्रहरीलाई महानगरले हटायो, प्रहरी कुटने यादवलाई भने उन्मुक्ति

विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवल्दार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको छ । नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई...

त्रिविको स्थगित परीक्षा साउनबाट, परीक्षा फाराम अनलाइनबाट

काठमाडौं, असार ९ । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा...

चितवनमा ५३७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४...

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

विराटनगर, फागुन ८–मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी...

दशैँ अघिनै प्रदेश १ सरकार परिवर्तन हुन्छः प्रमुख सचेतक कार्की

विराटनगर, १ भदौ । प्रदेश १ को प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैं अघि नै प्रदेश १ को सरकार परिवर्तन भइसक्ने दाबी गरेका छन् । आज विराटनगरमा पत्रकारहरूसँगको भेटमा कार्कीले यस्तो दाबी...

शिक्षादीप कलेजद्धारा कक्षा १२ का विद्याथी विदाई

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ । विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो । १५ औं ब्याजका विज्ञान र...

दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम ४ अर्बमा सीमित

सोमबार नेप्से ११दशमलव ७८ अंकले घटेर २८२२ दशमलव ७३ अंकमा बन्द भएको छ । नेप्से दोहोरो अंकले घट्दा कारोबार पनि यस वर्षकै न्यून भएको हो । १९ अर्बको दैनिक कारोबार हुने बजारमा आज ४ अर्ब...

रुकुम हत्याकाण्डका संरक्षकलाई मन्त्री उपहार

काठमाडौँ, असार ३० । पश्चिम रुकुमको सोती घटना भएको एक वर्ष मात्रै वितेको उक्त घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको विभत्स हुँदा संघीय संसदमा माओवादी नेता जनार्दन शर्माले बोल्नुभएको थियो । रुकुमको सोतीमा दलितका कारण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्