कोरोनाविरुद्धको लडाईमा प्रतिपक्षी कांग्रेसका सुझाव उपयोगी : पोखरेल

 न्यूज विराट
कोरोनाविरुद्धको लडाईमा प्रतिपक्षी कांग्रेसका सुझाव उपयोगी : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोना भाइरसविरुद्धको लडाईमा ऊर्जा मिलेको बताएका छन् ।

कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले सरकारलाई बुझाएको १७ बुँदे सुझाव उपयोगी भएको उपप्रधानमन्त्री पोखरेलले बताए ।

सरकारद्वारा गठित कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले शनिबार सुझाव कार्यान्वयन गर्ने जानकारी गराएको कांग्रेस प्रमुख सचेतक खाणले बताए ।

उनले भने, ‘उहाँले उक्त ज्ञापन पत्रबारे सरकार गम्भीर रहेको र कांग्रेसबाट प्राप्त सुझावहरु उपयोगी र सान्दर्भिकसमेत रहेको बताउनुभयो । साथै कांग्रेसको साथ एवं सहयोगले सरकारलाई थप उर्जाका साथै आत्माबल दिएको बताउनुभयो ।’

उपप्रधानमन्त्री पोखरेलले शनिबार दिउँसो प्रमुख सचेतक खाणलाई टेलिफोनमार्फत सुझावका लागि धन्यवाद दिएका हुन् ।प्रमुख सचेतक खाणका अनुसार उपप्रधान पोखरेलले उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण, परीक्षण किट, पीपीई (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायतका आवश्यक सामग्री आइतबारसम्म नेपाल आइपुग्ने जानकारी गराएका थिए ।

उक्त स्वास्थ्य उपकरणहरु र सामग्रीहरु सातै प्रदेशहरुमा यथाशीघ्र वितरण गर्ने पनि मन्त्री पोखरेलले बताएका छन् ।प्रमुख सचेतक खाणले कांग्रेसकातर्फबाट उपप्रधानमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्रमा सरकारलाई कोरोनाको सम्भावित संक्रमण फैलिन नदिन र जोखिम नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न सुझाव दिइएको थियो ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College