कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

 न्यूज विराट
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

काठमाडौं, २ बैशाख-दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ ।

त्यहाँको श्रम मन्त्रलायका अनुसार १४ अप्रिल देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो ।

इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ ।सो नियमअनुसार ४ वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ तर अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५ सय प्रवासी मजदुर ९इ–९० लाई यो निर्णयले सहज बनाएको छ ।यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो । रासस

सम्बन्धित समाचार

दार्चुलाको घाँटीबगरमा सेना तैनाथ

दार्चुला, ८ जेठ-नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक १ सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किलोमीटर सडकखण्ड सेनामार्फत् निर्माण गराउने सरकारले निर्णय गरेको थियो...

प्रदेश १ मा समुदायस्तरमा कोरोना परीक्षण गरिने

विराटनगर, ३१ असार-प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टाइनमा बसेका मात्रको परीक्षण गरिएकोमा अब समुदायमा संक्रमण भएनभएको परीक्षण गर्न लागिउको हो । प्रदेश सरकारले नमुनाका...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता आज

काठमाडौं, २० पुस । राष्ट्रियसभा सदस्यमा रिक्त हुने १९ सिटको उम्मेदवारी मनोनयन आज हुँदैछ ।आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन...

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ...

पत्रकार देवानलाई आक्रमण गर्ने एक जना पक्राउ

विराटनगर । पत्रकार प्रेम देवानमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...

कोसी नदी तटबन्धमा युवक मृत फेला

सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा सो युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना डिस्चार्ज, ५० जना संक्रमित थपिए

विराटनगर, ९ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला...

बाँचुन्जेल एमाले छाड्दीन, नदी नियन्त्रणलाई प्रथामिकतामा राखेर काम गर्छुः केदारप्रसाद यादव

विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे । पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्