महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

 न्यूज विराट
महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

विराटनगर । महिला उद्यमी सायदा तमसुमसहित चार जना उद्यमीहरू सम्मानित हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समिति मोरङको २० औं साधरणसभामा तमसुमसहित चार जनालाई सम्मान गर्ने निर्णाय गरेको हो ।

उद्यमी र स्वरोजगारको क्षेत्रमा उल्लेखिनय योगदान पु¥याएको भन्दै विराटनगरस्थित तबस्सुम ब्युटी पार्लर एण्ड इन्च्यिुटका संचालकसमेत रहेकी सायदालाई सम्मान गरिने भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

यसैगरी उत्पादन मुलक उद्योगबाट विराटनगरको चामुन्डा गार्मेन्टका संचालक नरेश खत्री, खाद्यन्य उद्योगबाट पथरीमा रहेको न्यू गोर्खाली उद्योगका संचालक तुलसी ढकाल र सेवा मुलक उद्योगबाट विराटनगर १० मा रहेको पोखरेल कुटनी पिसानी मिलका संचालक यामुना पोखरेललाई सम्मान गरिने अध्यक्ष निरौलाले बताए । उनीहरूलाई चैत २९ गते बुधबार विराटनगरस्थित इन्द्रेणी पार्टी प्यालेसमा साधरणसभामा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट सम्मान गरिने तयारी गरिएको छ ।

महासंघमा ४ हजार १ सय बढी साना उद्यमीहरु आवद्ध रहेका छन् । १५ करोड बढी कारोडबार गर्ने घरेलु तथा सना उद्योग महासंघमा आवद्ध हुने गरेका छन् ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College