
काठमाडाैं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका सबै नेपालीको उद्धार गरिने बताएका छन् । साेमबार साँझ राष्ट्रकाे नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित मुलुकका राष्ट्र प्रमुखहरूसँग संवाद भइरहेकाले केही दिनमै विदेशमा रहेका नेपालीहरूको उद्धार गरिने बताएका हुन् । उनले भारतबाट नेपाल प्रवेश गरेका नेपालीलाई क्वारेन्टानमा बस्न आग्रह पनि गरे ।