दाजु भाई मिलेर बाबुको हत्या गरि घरमै खाडल खनेर पुरेको खुलासा

 न्यूज विराट
दाजु भाई मिलेर बाबुको हत्या गरि घरमै खाडल खनेर पुरेको खुलासा

विराटनगर, जेठ ८–विराटनगरमा दुईभाइ छोरा मिलेर आफ्नै बृद्ध बाबुलाई अमानविय ढंगले हत्या गरेका छन् । हत्यापछि उनीहरुले शवलाई घरकै कोठामा खाडल खनेर पुरिदिएका थिए । विराटनगर–१४ झटियाहीका २९ वर्षीय रोहित र २६ वषर््ीाय नागेन्द्र चौहानले आफ्नै बाबुलाई कोदालो प्रहारबाट हत्या गरि कोठामै गाडेको घटना सार्वजनिक भएको छ ।

सामान्य विवादपछि उनिहरुले आफ्ना ६९ वर्षीय बाबु सत्यराम भनिने सिताराम चौहानलाई गएको जेठ ३ गते हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सामान्य विवादमा बाबुको हत्या गरेका अभियुक्तहरुले घरकै खाटमुनि खाडल खनेर शव पुरेका थिए ।

सूचनाको आधारमा पुगेको प्रहरीले बुधबार साँझ घरको कोठामा रहेको खाटमुनिबाट झण्डै ४ फिट गहिरो खाडलबाट मृतकको शव निकालेको थियो । मृतकका माइला छोरा र बुहारीकै सूचनाको आधारमा पुगेको प्रहरीले शव बरामद भएसँगै मृतकका दुई भाई छोराहरु रोहित र नागेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

बुधबार साँझ शव भेटिएको घटनालाई मोरङ प्रहरीले २४ घन्टा नबित्दै निष्कर्षमा पु¥याएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बिहिबार दिउँसो स्काईपबाट आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘मृतक सीताराम र उनका जेठा छोरा रोहित सँगसँगै बस्दै आएको तथा माइला छोरा विराटनगरको भट्ठी मोडमा परिवारसहित बस्दै आएको पाइएको छ ।

यसअघि ठेला चलाएर जिवीकोपार्जन गर्दै आएका मृतक सीताराम लकडाउनयता छोराहरुबाटै खर्चबर्च लिएर दैनिकी धानिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ प्रहरी उपरिक्षक अधिकारीले भने,‘जेठ ३ गते मादक पदार्थ सेवन गरेर विराटनगर–१४ स्थित घर गएका दुई भाइले बाबुले पैसा माग्दा भएको विवादपछि राति ९ बजेतिर कोदालो प्रहार गरी हत्या गरेको खुलेको छ ।’

उनीहरुले हत्या गरेको भोलिपल्ट मात्र दुइभाईले कोठामै खाडल खनेर शव पुरेको पाइएको छ । जुन शव प्रहरीले ७ गते साँझ मात्र बरामद गरेको थियो । अभियुक्तमध्ये मृतकका जेठा छोरा रोहित लागूऔषधको दुब्र्यसनीसमेत रहेको जनाइएको छ ।

जेठा छोरा केही काम नगर्ने दुब्र्यसनी तथा माइलो छोराले समेत अन्तरजातीय विवाह गरेका कारण बाबु र छोराहरुबीच यसअघिदेखि नै सम्बन्धमा कटुता रहँदै आएको बताइएको छ । मृतकका तीन भाइ छोराहरुमध्ये कान्छा छोरा ५ वर्षअघिबाटै सम्पर्कविहीन रहेको तथा श्रीमतीको समेत केही वर्षअघि निधन भइसकेको जनाइएको छ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ड्रागनफुडका विरुवा रोपेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–३ को विभिन्न स्थानमा ड्रागनफुडका विरुवा रोपेको हो । स्थानीय बाबुराम राजवंशी, कुलबहादुर गुरुङ र राजकिशोर भगतको खेतमा दुई सय...

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनबारे छलफल हुने

काठमाडौं,  १७ कात्तिक-नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही...

शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

विराटनगर । शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत हुनुभएको छ । आज विराटनगरमा प्रेस चौतारी नेपाल मोरङ जिल्ला कमिटीले एक कार्यक्रमको आयोजना गरि वरिष्ठ पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई पुरस्कृत गरेको हो...

प्रदेश १ मा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३२१ पुग्यो

विराटनगर, ६ कात्तिक-पछिल्लो २४ घण्टामा प्रदेश १ मा मात्र कोरोना भाइरसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । संक्रमणका कारण चार महिला र पाँच पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना...

क्वारेन्टाइनमा व्यवस्था राम्रो नभएको भन्दै प्रशासकीय अधिकृतमाथि कुटपिट

दैलेख, २२ जेठ-दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टानमा बसेकाहरूले बुधबार हातपात गरेका छन् । गाउँपालिका-४ मा बसेकाहरूले क्वारेन्टाइनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात हुन् । भारतबाट आएका करिब १ सय जिल्लाबासी...

इन्डो नेपाल क्रिकेट प्रतियोगिता, झापालाई हराउँदै पटना सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । विराटनगरको जुट मिल खेलमैदानमा सोमबार भएको खेलमा पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले...

हिसान खेल ः पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० को गोल...

कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’

काठमाडौं, २४ कात्तिक-कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ ।मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा सुरु गरेको मन्त्रालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्