प्रदेश १ मा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३२१ पुग्यो

 न्यूज विराट
प्रदेश १ मा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३२१ पुग्यो

विराटनगर, ६ कात्तिक-पछिल्लो २४ घण्टामा प्रदेश १ मा मात्र कोरोना भाइरसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । संक्रमणका कारण चार महिला र पाँच पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण झापाकी एक महिला र सुनसरीका तीन महिला र पाँच पुरुषको मृत्यु भएको छ ।

योसँगै हालसम्म प्रदेश प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२१ पुगेको छ । जसमध्ये तीन महिला र २१ पुरुष प्रदेश १ बाहिरका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति जनाको मृत्यु ?

कोरोना संक्रमणबाट प्रदेश १ को सुनसरी जिल्लामा हालसम्म सबैभन्दा बढी ११७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ महिला र ७३ पुरुष रहेका छन् । त्यसैगरी, मोरङमा २६ महिला ७३ पुरुष, झापामा २० महिला ३९ पुरुष, धनकुटामा तीन/तीन महिला र पुरुष, उदयपुरमा दुई महिला र पाँच पुरुष, तेह्रथुममा एक महिला र तीन पुरुष, इलाममा एक/एक महिला र पुरुष, पाँचथरमा एक पुरुष, ताप्लेजुङमा दुई महिला र प्रदेश १ बाहिरका तीन महिला २१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भोजपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा र ओखलढुंगामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

सुर्खेत, १० असार-कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनको २१ औँ बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस अवरोध गरेपछि स्थगित भएको छ । बैठक प्रारम्भ प्रदेशसभा सभामुख राजबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयले ल्याएको बजेटमाथिको छलफल गर्न आह्वान...

डिएभि स्कुलले मनायो २९ औं अभिभावक दिवस

विराटनगर । विराटनगरस्थित डिएभी स्कुलले २९ औं अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।शुक्रबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसमा विद्यार्थीहरुले तयार पारेको फुड, चित्रकला,...

कोशी प्रदेशमा सभामुख र मेयरसहित ५४ जनाले गरे मृत्युपश्चात अंग दान गर्ने घोषणा

विराटनगर । कोशी प्रदेशका सभामुख बावुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा...

लिलादेवी सिटौलाको सपथग्रहण आज

काठमाडौं, १४ साउन-प्रतिनिधि सभामा समानुपातिकतर्फबाट हालै निर्वाचित जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले आज सपथग्रहण गर्ने भएकी छन् । सरिता गिरीको स्थानमा सांसद बनेकी सिटौलाले आज दिउँसो १ बजे संसद सचिवालयको कृषि समितिको हलमा सपथग्रहण...

गाई र गोरु काटेको अभियोगमा ९ जना पक्राउ

विराटनगर, ५ जेठ-गाई र गोरु काटको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी झापाबाट २ जना र खोटाङबाट ७ जनालाई पक्राउ गरेको हो । झापा दमक बेलडागी–२ भुटानी शरणर्थी शिविरस्थितए घरमा...

कोशीमा खसेको ट्रक एकदिनपछि निकालियो

विराटनगर । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एकदिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।...

राजदेवी मन्दिरमा एकै रातमा झण्डै ९ हजार बोकाको बलि

जनकपुरधाम, ९ कात्तिक-जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा करिब ९ हजार बोकाबलि दिइएको छ । महाष्टमीको दिन शनिबार राति करिब चार घण्टामा राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाबली प्रदान गरिएको हो ।  जिल्ला प्रशासन...

शिशु बेपत्ता पर्ने डाक्टर कर्णलाई हस्पिटलले दियो डिस्चार्ज, अनुसन्धान सुरु

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलबाट एक दिनको नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ६८ वर्षीय तपेश्वरलाल कर्णलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनलाई पक्राउ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्