इन्डो नेपाल क्रिकेट प्रतियोगिता, झापालाई हराउँदै पटना सेमिफाइनलमा
सोमबार, २५ चैत, २०८१,
न्यूज विराट
विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । विराटनगरको जुट मिल खेलमैदानमा सोमबार भएको खेलमा पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको झापा १८.५ ओभरमा अलआउट हुँदै १३७ रन बनाउन सफल भयो । झापाका लागि अंकित सुवेदीले २३ बलमा २७ रन, भुपाल दङगालले २४ बलमा २६ रन र समिर कार्कीले १४ बलमा १९ रनको योगदान दिए । आषिष राना मगरले १६ रन र भुपेश गौतमले ११ रन बनाए । अन्य ब्याट्समेनहरू दोहोरो अंकमा पुग्न असफल रहे ।
पटनाका रिहान दास गुप्ताले ३.५ ओभरमा १९ रन खर्चेर ३ विकेट र मन मोहनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । जवाफी ब्याटिङमा पटनाले १३८ रनको लक्ष्य १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पटनाका सुर्दशन सिंहले आक्रमक ब्याटिङ प्रदर्शन गर्दै ५२ बलमा अविजित ८३ रन बनाए । उनले ६ छक्का र ७ चौका प्रहार गरे । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद तीन हजार पाए । अनुज रञ्जनले ४२ बलमा ३७ रन र कुमार श्रेयले १३ रनको योगदान दिए । झापाका बलरहरूमध्ये ज्ञानु श्रेष्ठले ३.२ ओभरमा २९ रन खर्चेर २ विकेट र सिद्धार्थ कुमारले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।
आयोजकका अनुसार मंगलबार दुई खेलहरू हुनेछ । पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लब र होराइजन क्रिकेट बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विराटनगर र सुपोल क्रिकेट क्लब (मुन) आमनेसामने हुनेछन् ।
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल बिराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रदेश प्रहरीले सोमबार दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी...
चितवन, २५ भदौ-चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ...
विराटनगर, २८ साउन । शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्दै प्रहरी महानिरीक्षक थापाले उक्त...
भक्तपुर, १३ जेठ-टिपरको ठक्करबाट मध्यपुर थिमि-४ नयाँथिमीमा प्रहरी नायब निरीक्षकको ज्यान गएको छ । सोमबार राती काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नम्बरको खाली टिपरले ठक्कर दिँदा ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती मगरको...
सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र र्यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट ३३ हजार ५ सय ६२...
काठमाडौं, १४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ को पीसीआर गर्दा आज ३ हजार ५ सय १७ संक्रमित थपिएका हुन् । ...
विराटनगर, २८ वैशाख-झापाको कन्काई नगरपालिका–४ मा लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्यहीँ ठाउँका बर्षीय प्रदीप भनिने हर्क बुढाथोकी रहेका छन् । आफ्नै घरबाट लागूऔषध ब्राउनसुगरको कारोबार गरिरहेको भन्ने बिशेष सूचनाको...
विराटनगर । विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको विस्तारित कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजले विश्व विद्यालयले गतःमार्चमा लिएको बि.टेक.एड.आई.टी र बि.पि.एच. प्रथम र तृतीय सेमेष्टरको परीक्षाफलमा जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्याथीहरुलाई सम्मान गरेको छ...