कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’ - News Birat

कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’

न्यूज विराट
काठमाडौं, २४ कात्तिक-कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ ।मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा सुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले कोभिड–१९ को व्यवस्थापनमा कुनै समस्या परेमा ती तोकिएका फोकल पर्सन चिकित्सकसँग अन्य चिकित्सकले फोन, इमेल र एसएमएसमार्फत परामर्श लिने बताए ।

‘कोभिड–१९ उपचार व्यवस्थापन सम्बन्धमा प्रदेशभित्रका अस्पतालका चिकित्सकले सम्बन्धित प्रदेशको टेलिमेडिसिन हब अस्पताल र प्रदेश हब अस्पतालका चिकित्सकले केन्द्रीय हव अस्पताका चिकित्सकसँग परामर्श लिन सक्ने छन्,’ उनले भने ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles