क्वारेन्टाइनमा व्यवस्था राम्रो नभएको भन्दै प्रशासकीय अधिकृतमाथि कुटपिट - News Birat

क्वारेन्टाइनमा व्यवस्था राम्रो नभएको भन्दै प्रशासकीय अधिकृतमाथि कुटपिट

न्यूज विराट

दैलेख, २२ जेठ-दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टानमा बसेकाहरूले बुधबार हातपात गरेका छन् । गाउँपालिका-४ मा बसेकाहरूले क्वारेन्टाइनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात हुन् । भारतबाट आएका करिब १ सय जिल्लाबासी सो क्वारेन्टानमा १ हप्तादेखि बस्दै आएका छन् ।

उचित खालको व्यवस्थापन नगरेको जनाउँदै गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले अधिकृत हीरासिंह थापामाथि कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए ।

अध्यक्ष बुढाका अनुसार पालिकाको क्वारेन्टानमा १ हजार ६ सय सयभन्दा बढी भारतबाट आएका जिल्लाबासी बस्दै आएका छन् । केही दिन अगाडि गाउँपालिका-३ कोे एक विद्यालयको क्वारेन्टानमा बसेकाहरूले स्थानीय सरकारले राम्रो व्यवस्थापन नभएको भन्दै गाउँपालिका घेराउ गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles