कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनबारे छलफल हुने

 न्यूज विराट
कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनबारे छलफल हुने

काठमाडौं,  १७ कात्तिक-नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा गत १२ असोजमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने उनले बताए । पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही २१ कात्तिकमा बोलाएको छ ।

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी ७ देखि १० फागुनसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशनन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।

सम्बन्धित समाचार

बालुवाटारबिरुद्ध खुमलटारमा बन्यो यस्तो योजना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको बैठकमा सहभागी हुनुअद्धि गठबन्धनमा आवद्ध अन्य दुई दलका शीर्ष नेतासँग छट्टै बैठक गर्नुभएको छ । यथास्थितिमा एमसीसी पारित गर्न...

भारतमा १२ घण्टाभित्र दुई नेताको हत्या

एजेन्सी, ४ पुस । भारतको केरलामा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो । केरलाको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का...

सचिवालय बैठक : ओली उपस्थिति हुनेबारे अझै अन्यौल

काठमाडौं, २० मंसिर-आज बस्न लागेको नेकपा सचिवालय बैठकमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनेमा अन्यौल कायमै छ । अनौपचारिक संवादमार्फत सहमति जुटाउने प्रयास जारी रहे पनि आजको सचिवालय बैठकमा उपस्थित हुनेनहुनेबारेमा...

सरकारको प्रशंसामा केन्द्रित नीति तथा कार्यक्रमले जनताको दुःख बुझेन : शशांक कोइराला

काठमाडौं ५ वैशाख-नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य डा. शशांक कोइरालाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको प्रशंसामा केन्द्रित भएको दाबी गरेका छन् । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक...

म्याक्स अस्पतालमा आक्रमण गर्ने दुई जना पक्राउ

विराटनगर, असार १७–विराटनगर महेन्द्र चौक स्थित म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन । बुधबार बिहान करिब ५ बजे वियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा २ जना...

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभरको मौसममा आज पनि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम...

कोशी अस्पतालमा भर्ना भएका तीनै जनाको रिपोर्ट ‘नेगेटिभ’

विराटनगर, चैत १५–कोरोना भाइरस (कोभिड—१९) को आशंकामा केही दिनअघि विराटनगर स्थित कोशी अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका तीनैजनाको रिपोर्ट नेगेटिभ आएको छ । कतारबाट एक हप्ता अगाडि नेपाल आएका दुई जना युवा र विराटनगरकी एक...

वनवासा र टनकपुरमा अलपत्र नेपाली घर आउन पाउने

काठमाडाैं, २४ वैशाख-भारतीय सीमानाका वनवासा र टनकपुरमा अलपत्र परेका नेपालीलाई सरकारले स्वदेश ल्याउने भएको छ । ३५ दिनदेखि लकडाउनका कारण कञ्चपुरको भीमदत्त नगरपालिकासँग जोडिएका सीमानाका वनवासा र टनकपुरका अलपत्र नेपालीलाई आवश्यक स्वास्थ्य जाँचपछि स्वदेश ल्याइने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्