नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोष ग्रामथान–२ झोराहाटबाट स्थापित यस वर्षको झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजन विराटनगरकी संवाददाता सुशीला पाठकलाई दिने घोषणा गरिएको छ ।
कोषको आइतबार बसको बैठकले पाठकलाई सो पुरस्कार दिने घोषणा गरेको जनाइएको छ । ११ हजार एक सय ११ रुपैयाँ राशी रहेको सो पुरस्कार आगामी चैत ९ गते शुक्रबार एक समारोहबीच वितरण गरिने सो कोषका संरक्षक वरिष्ठ पत्रकार शंकर लुइँटेलले जानकारी दिए ।
मोरङ कार्यक्षेत्र बनाई सक्रिय पत्रकारिता गर्दै आएका मध्येबाट छनोट गरी प्रत्येक वर्ष एक जनालाई सो पुरस्कार वितरण हुँदै आएको छ । वि.सं २०७८ बाट वितरण गर्न सुरु गरिएको सो पुरस्कारबाट पत्रकार अभय राई र विनोद सुवेदी पुरस्कृत भइसकेका छन् ।