एमालेमा विवाद : महानगर अध्यक्षसहित तीन जनालाई गरिएको कारवाही फिर्ता लिन माग

 न्यूज विराट
एमालेमा विवाद  : महानगर अध्यक्षसहित तीन जनालाई गरिएको कारवाही फिर्ता लिन माग

विराटनगर । विराटनगर ३ मा रहेको मानगढ खानेपानीको विषयमा नेकपा एमालेका विराटनगर महानगरपालिकाका अध्यक्षसहित तीन जना गरेको कारवाही फिर्ता लिन माग गरिएको छ ।
एमाले विराटनगर महानगरका १९ वटै कमिटीका अध्यक्ष, सचिव तथा इन्चार्जहरुले जिल्ला अध्यक्ष बाबुराम कार्कीलाई शनिबार ज्ञापन पत्र बुझाउँदै तत्काल कारवाही फिर्ता लिन माग राखेका हुन् ।
पार्टीको आधिकारिक निर्णय समेत नभएको विषयमा कामचलाउ जिल्ला संगठन समितिको अध्यक्ष कार्कीले जिल्ला कमिटीको बैठकमा निर्णय र माइन्यूट नै नभएको विषयमा विधान विपरित कारबाहीको चिठ्ठी दिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले खानेपानी संस्थामा निर्वाचनको बहानामा एमालेलाई नै सिद्धाउने खेल भएको भन्दै उनीहरुले कारबाही फिर्ता गर्नु पर्ने माग गरे । ज्ञापन पत्र बुझाउँदै उनीहरुले पार्टीले स्थानीय कार्यकर्ताहरुको भावना विपरित निर्णय गर्दै पार्टी कै छवि धुमिल बनाउन खोजेको आरोप लागाए । नेकपा एमाले मोरङले नेकपा एमाले विराटनगर कमिटी अध्यक्ष सागर थापा, महानगर कमिटी कार्यालय सदस्य नवराज नेपाल र मानगढ खानेपानीको अध्यक्षका उम्मेदवार भएका एमाले वडा कमिटी ३ का अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरेको छ ।
यस्तै वडा नम्बर ३ का वडा सदस्य सुरज न्यौपाने र जिल्ला सदस्य मुकेश बुढाथोकीलाई स्पष्टिकरण सोधेको छ । पार्टीको निर्णय विपरित उम्मेदवार बनेको, उम्मेदवारको प्रचार प्रसार गरेको आरोप लगाउँदै उनीहरुलाई कारवाही गरेको हो । तर यो कारवाही विधान विपरित भएको भन्दै उनीहरुले एमाले जिल्ला कमिटीको ध्यानाकर्षण गराएका हुन् । १९ वटै वडाको तर्फबाट जारी गरिएको अपिलमा अमुक नेताको व्यक्तिगत कुन्ठा पुरा गर्न पार्टीको गरिमामय पदको दुरुपयोग भएको भन्दै नेकपा एमाले पार्टीलाई विराटनगर महानगरपालिका भित्र कमजोर बनाउन षड्यन्त्र गरिएको उल्लेख गरिएको छ । २४ घण्टा भित्र कारवाही फिर्ता नगरे हुने क्षति जिम्मा पार्टी जिल्ला कमिटीका नेतृत्वले लिनु पर्ने चेतावनी अपिलमा उल्लेख गरिएको छ । यस्तै पार्टी कार्यालय पाञ्चालीमा भेला भएका १९ वटै वडाका पदाधिकारी तथा अध्यक्षहरुले शुक्रबारे बसेको वडा कमिटी अध्यक्षको बैठकको निर्णयको माइन्यूट समेत हस्तान्तरण गरेका छन् ।

सम्बन्धित समाचार

लकडाउनको मोडेल फेर्न सरकारले थाल्यो गृहकार्य

काठमाडौं, २० जेठ-सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडेल परिर्वतन गर्ने सन्र्दभमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेसा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो...

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेकाे आराेप लगाउँदै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । ईडीको टोली बिहीबार साँझ ७...

सार्वजनिक यातायातको नियमन गर्न ओटिएमएस लागू

काठमाडौं, ४ मंसिर-मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाईन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू गरेको छ ।   यातायात सुविधाम नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा...

टिभिएसको ग्राण्ड एक्सेनज मेलामा उपभोक्ताको भिड 

विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी...

निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित

विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको...

नागरिक मञ्चको १० बुद्धे माग

विराटनगर । नागरिक संरक्षण एकता मञ्च नेपालले विभिन्न १० शुत्रिय माग राखेको छ ।विराटनगरमा आइबार पत्रकार सम्मेलन गरी उनीहरुले बैंकहरुले कृषी र अन्य कर्जाको ब्याजदर घटानुपर्नेलागयतका विभिन्न १० शुत्रिय माग राखेको हुन् । उनीहरुले कोभिड...

सडकमा गुजारा चलाइरहेका १३ जनाको महानगरद्वारा उद्दार

मोरङ,  ३० असोज-विराटनगर महानगरपालिकाले नगरका  सडकमा बेसहारा भई कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई  उद्दार गरेको छ ।  विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर–९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका बेसहारालाई उद्दार गरेका हुन्...

मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना, २४ वर्षीय चालकको मृत्यु

विराटनगर । मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय चालकको निधन भएको छ।मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार बूढीगंगा गाउँपालिका ३ स्थित महालक्ष्मी वायरअगाडि राति करिब १० ः ४५ बजे मनमाया श्रेष्ठ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्