विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था हुन्छः मन्त्री आले

 न्यूज विराट
विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था हुन्छः मन्त्री आले

विराटनगर,२४ मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सक्षिप्त कुरा गर्दै उहाँले आगामी आइतबार वस्ने क्यानको वैठकबाट सो सम्वन्धि निर्णय गरिने जानकारी दिनु भयो ।

मन्त्री आलेले विराटनगर विमास्थललाई विस्तारका लागि नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत निर्देशन दिनु भएको हुनाले सो सम्वन्धमा आवश्यक कार्य गर्ने प्रतिवद्धता जनाउनु भएको छ।

उहाँले विराटनगर विमानस्थलमा विस्तारमाका अधिग्रहण गरिने जग्गाको मुआव्जा वितरणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व गठन गरिएको समितिको निर्णय अनुसार गरिने छ भन्नु भयो ।

विराटनगर विमानस्थल विस्तारका सम्वन्धमा जिटुजि, वुट तथा इपसियु तीन मोडल मध्ये एकको आधारमा कार्य गरिने जानकारी दिनु भयो । मन्त्री आले नेपालमा हाल संचालनमा रहेका ३५ विमानस्थलका विस्तार , सुदृढीकरणका सम्वन्धमा उक्त्त वैठकले निर्णय गर्ने जानकारी दिनु भयो ।

एक प्रश्नको जवाफमा मन्त्री आलेले युरोपियन देशले नेपाली विमान उडानका लागि कालो कालो सुचि हटाउन प्रतिनिधि सभाको वैठकमा विधेयक पारित पश्चात उडान सञ्चालन हुने विश्वास व्यक्त्त गर्नु भयो ।

सो अवसरमा उहाँले विराटनगर विमानस्थलमा यात्रु सामान ढुवानीमा परेका समस्या समाधानका लागि आवश्यक पहल गर्ने त्यसका लागि लाग्ने बजेट निकासा गर्ने बताउनु भयो ।

मन्त्रीले आले विराटनगर विमानस्थलको टिकट कक्ष लगायत अन्य अन्य क्षेत्रको निरीक्षण गरी गर्नु पर्ने सुधारका लागि आवश्यक पहल गर्न निर्देशन समेत दिनु भयो । मन्त्री आले नेपाल उद्योग परिसङ्घ प्रदेश समितिको वार्षिक साधारण सभाका लागि आज अपरान्ह विराटनगर आउनु भएको हो ।

सम्बन्धित समाचार

लोकसेवाले लिने सबै परीक्षा स्थगित

स्वास्थ्य सुरक्षा संवेदनशीलता देखाउँदै लोकसेवा आयोगले पनि अनिश्चितकालको लागि सबै परीक्षा स्थगन गरेको छ ।बिहीबार बसेको लोकसेवा आयोगको बैठकले यस्तो निर्णय लिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी गराए । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि...

कृष्णदासको थुनछेक बहस आज सकिएन

विराटनगर, पुस १३–अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरी उपरको थुनछेक बहस भोलिलाई सारिएको छ । आज कार्यालय समय सम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...

चर्चित बलिउड अभिनेता ऋषि कपुरको निधन

एजेन्सी, बैशाख १८–बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी...

माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं, चैत्र २० । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ । एमालेबाट अलग हुनु अघि नै नेपालसहितका...

नेकपा बैठकमा एमसीसीबारे तीनथरी मत

काठमाडौं, माघ १७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई लिएर ३ धार देखा परेका छन् । बैठकमा वोल्ने सदस्यहरुले एमसीसीवारे गुटगत रुपमा धारणा राखेका छन् । बैठकमा...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, फागुन १९–धनकुटामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनकुटाको पाख्रिबास–६, फलाटे डढुवाका २६ वर्षीय पवन राईको करेन्ट लागेर मृत्यु भएको हो । गएराति १० बजे घरमा बिजुली नआएका कारण घर नजिकै रहेको...

सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

सङ्खुवासभा, १ कात्तिक-कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका धर्मदेवी नगरपालिका-३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्