स्थायी कमिटीमा ओलीको पत्रकाे पूर्ण पाठ : प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन

 न्यूज विराट
स्थायी कमिटीमा ओलीको पत्रकाे पूर्ण पाठ : प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा पत्र पठाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रस्तावमा छलफल गर्न नसकिने जानकारी दिएका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पठाएको पत्र उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेर सुनाएका थिए ।  ओलीले आफ्नो पूर्वमान्यताअनुसार नै प्रचण्डको प्रस्तावमा छलफल गर्न नसकिने भएकाले बैठकमा आउन नसकेको पत्रमा उल्लेख गरेको पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले पत्रकारलाई जानकारी दिए ।

ओलीको पत्र बाचनपछि अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेका थिए । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी जीवनमा नै गम्भीर र संकटपूर्ण अवस्था आएको भन्दै पार्टी एकतालाई कायम राख्नका लागि गम्भीर व्यापक छलफलका लागि आग्रह गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटीका प्रिय कमरेडहरू,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गतः २०७७ कार्तिक २८  अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव’ का नाममा मेराविरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरू जानकार नै हुनुहुन्छ । पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरू समेत लगाइएको उक्त अभियोग–पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत नि:शर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ । एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने  विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्ताव सहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने  भनाइ पनि मैले स्पष्ट पारिसकेको छु ।

तर उक्त अभियोग–पत्र सहित यसबीचका सबै पत्राचार र दस्ताबेजहरूलाई सार्वजनिक गरिएको छ । आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो सङ्गीन आरोप–पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरूलाई अनुरोध गर्दछु । परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु ।

कमरेडहरू, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिष्ट आन्दोलनका दुबै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्न सक्ने विशाल नेपाल कम्युनिष्ट पार्टीको तस्बीर मात्रै मेरो मनमा अङ्कित थियो । हामीले एकीकरणको सङ्क्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय गर्‍यौं र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय गर्‍यौँ । एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखेँ । त्यसै अनुरुपका संरचाना निर्माण  गरिए ।

तर मलाई थाहा थिएन– खेलको उत्तराद्र्धमा आएर केही कमरेडहरू ‘खेलको नियम’ नै बदल्न लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुने छ । खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु । आज पनि म दोहोर्‍याउन चाहन्छु–महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरू त्यसै अनुरुप सहमतिका आधारमा चल्नु पर्दछ । सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो । सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु ।

अत्यन्त उज्ज्वल सम्भावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गंभीर सङ्कटमा छ । यो सङ्कट कुनै वाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरूको व्यग्र नेतृत्वमोह/सत्तामोहका कारण निम्तिएको छ । मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्र्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु । तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ ।

मलाई स्थायी कमिटीका कमरेडहरूको सामूहिक विवेकमाथि विश्वास छ । गतः भदौ २६ गते पनि कमरेडहरूले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनु भएको थियो। आशा छ, कमरेडहरूले यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै शिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुने छ ।

सम्बन्धित समाचार

५२२५ नमुना परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि

काठमाडौं, १७ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा...

उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता...

विराटनगर महानगरकाे मतगणना बिहान ८ बजेबाट हुने

विराटनगरः स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । अधिकांश ठाउँमा भने आज (शनिबार) बाट मतगणना शुरु हुँदैछ । चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाट शुरु हुँदैछ । शुक्रबार रातिबाट नै...

विराटनगरमा ३८ सहित प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण

विराटनगर, १३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ...

भारतसँगको सीमा नाकाबाट हुलका हुल नेपाल भित्रिँदै

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार १० हजारभन्दा बढी नेपाली फर्किएका छन्। बाँकेको जमुनाहा नाका हुँदै शनिबार २० हजारले...

पत्रकार उद्धव घिमिरेसहित सातजना औषधि व्यवसायी संघद्वारा सम्मानित

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले संघको ५२ औं स्थापना दिवसको अवसरमा पत्रकार उद्धव घिमिरेसहित सात जनालाई विशेष सम्मान गरेको छ। लामो समयदेखि औषधि व्यवसायी संघमा प्रेस सल्लाहकारको जिम्मेवारी सम्हाल्दै आएका पत्रकार...

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक पनि एमालेद्वारा बहिस्कार

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । स्थानीय चुनाव समयमै नगर्ने मनसायका साथ छलफल गर्न डाकिएको बैठकमा एमाले सहभागी नहुने उपमहासचिव...

जनपुरधामका पूर्वमेयर गिरीको कोरोनाबाट निधन

जनकपुरधाम, २८ साउन-जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ ।उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्