विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत नर्सहरुको लागि तालिम दिएको हो ।
तालिममा बेसिक क्रिटिकल केयर तर्फ काम गर्ने २४ जना र बेसिक फर नर्ससेस तर्फ ४८ जनाको सहभागिता रहेको थियो । क्रिटिकल केयरमा काम गर्ने प्रत्येक डाक्टर तथा नर्सहरूले यो तालिम अनिवार्य लिनुपर्ने बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन कोर्षका डाईरेक्टर डा. ललित राजबंशीले जानकारी दिए ।
बेसिक फर नर्ससेस तालिम चाईनिज युनिवर्सिटी अफ होंगकोङ्गले तैयार पारेको हो । विश्वभर मान्यता प्राप्त कोर्ष रहेको बताइएको छ । दुई दिने तालिम बिराट मेडिकल कलेज सिमुलेसन ल्याब टंकीसिनुवारीमा सम्पन्न भएको हो । तालिममा नेपालका विभिन्न अस्पतालका नर्सहरुले सहभागीता रहेको थियो । सहभागीहरूले यो तालीम निक्कै फलदायी भएको र सघन उपचार कक्षमा कामगर्न निक्कै सहज हुने बताएका छन् । तालिम लिन छुटेकाका स्वास्थ्यकर्मीहरुले आगमी दिनमा लिने बताएका छन् । सहभागीहरूलाई प्राध्यापक डा. सुवाष प्रशाद आचार्य, प्राध्यापक डा. शितल अधिकारी, डा.ललित राजवंशी, डा. वात्सल्य अर्याल, डा.कुमोद प्याकुरेल, डा. दिप्तेश अर्याल, डा. कनक खनाल, डा. दिपक पौडेल , डा. गुन्जन रेग्मी, डा. अनुजा पोख्रेलले सघन उपचार तथा भेन्टिलेटर सम्बन्धि तालीम दिएका थिए ।
विराटनगर । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् । मंगलबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व नेपाली र पोर्तेललाई पुरस्कृत गरेको...
विराटनगर, साउन १७–समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि शनिबारदेखि विराटनगर महानगरपलिकाभित्र लकडाउन भएको छ । शुक्रबार मध्यरातिदेखि लागू हुने गरि साउन ३० गतेसम्म महानगरले लकडाउन घोषणा गरेपछि शनिबार विहानैदेखि विराटनगर ठप्प बनेको छ । लकडाउनको कारण...
विराटनगर, २४ भदौ–विराटनगरस्थित न्युरो अस्पताल र बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका छन् । कोभिड उपचारका लगि छुट्टै अस्पताल सञ्चालनमा ल्याएका दुवै स्वास्थ्य संस्थाले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका...
काठमाडौं, २२ असार । निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार प्रदेश र संघीय चुनाव गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपिलियासहितको पदाधिकारी टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति सिफारिस गरेको...
विराटनगर, १८ माघ । प्रहरीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेको ७ लाख मूल्य बराबरको चाँदीको गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चौकस्थित सडक खण्डबाट ती महिलालाई पक्राउ गरेको...
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन् ।भारतीय प्रधानमन्त्री मोदीसित आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न विषयमा छलफल गरेको प्रधानमन्त्रीले जानकारी दिएका छन् । उनले...
विराटनगर । विराटनगरमा छठ पर्व मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको विराटनगरमा रौनक छाएको छ । आज साँझ अस्ताउँदो सूर्यको पूजा...
विराटनगर । विराटनगरमा आज राधाकृष्णको रथयात्रा निकालिँदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौं सहभागी हुने गरेका छन् । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको...