ग्रेडेड स्कुलका विद्यार्थीले मन्चन गरे ‘रित’ नाटक, भावुक भए अभिभावक

 न्यूज विराट
ग्रेडेड स्कुलका विद्यार्थीले मन्चन गरे ‘रित’ नाटक, भावुक भए अभिभावक

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीहरूले ‘रित’ नामक नाटक मन्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरूकुलमा मंगलबार ‘रित’ नामक नाटक मन्चन गरेका हुन् ।

लोकेस दङगालले निर्देशन गरेको उक्त नाटकमा ग्रेडेड स्कुलका ५ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेका थिए । स्वदेशमा रोजगारी नपाएपछि विदेश जानुपरेको विषय बस्तुलाई समेटर नाटक मन्चन गरिएको थियो । दुई हप्ता भन्दा लगाएर विद्यार्थीहरूलाई प्रशिक्षण दिएपछि नाटक मन्चन गरेको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । ‘विद्यार्थीहरूले एकदमै मेहनत नाटकमा गरेको पाइएको छ,’ उनले भने, ‘अहिलेको बर्तमान समस्यालाई विद्यार्थीहरूले नाटकको माध्यमबाट उजागर गर्ने प्रयास गरेका छन् ।’ यस्तो नाटकले विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने अवसर प्राप्त हुने उनले बताए ।
विद्यार्थीहरुको नाटक हेरेपछि अभिभावक नरेश साहले दैनिक सयौंको संख्यामा वैदेशिक रोजगारमा जाने नेपालीको कथाबस्तुलाई समेटर बनाएको नाटक एमदमै मनछुने भएको बताए । ‘विद्यार्थीहरूले एकदमै मेहनत गरेको देखिएको छ । उत्कृष्ट अभिनयले नाटकको अन्त्यसम्म दर्शक तान्न सफल भएका छन्,’ उनले भने ।

सम्बन्धित समाचार

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९७ हजार ५ सय

काठमाडौं, १२ साउन-सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको छ । लतागार उकालो लागेको सुनको मूल्यमा आज १ हजार २ सय रुपैयाँ वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो ।  साताको पहिलो दिन हिजो तोलामा ५...

मन्त्री तुम्बाहाङ्फेले गरिन संविधान संशोधन विधेयक पेस

काठमाडौं, जेठ १७–संविधान संशोधन विधेयक संसदमा पेस गर्न सभामुख अग्नि साप्कोटाले अनुमित दिएका छन् । सभामुखको अनुमतिलगत्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गरेकी छन् । यसअघि बुधबारको प्रतिनिधिसभाका लागि सम्भावित...

स्थायी कमिटीमा पोखरेल र यादवले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बोल्ने दुई नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य...

तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड

विराटनगर । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै महानगरका मेयर नागेश कोइरालाले तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको...

संखुवासभामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु

संखुवासभा– संखुवासभामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन्। राष्ट्रिय परिचयपत्रका लागि साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो। राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १...

प्रिकाशा र सुगमलाई मिस एण्ड मिस्टर लिटल कोशीको उपाधि

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीकोको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् । उनीहरुले जनही ३०–३० हजार रुपैयाँ...

विराटनगरको जनरल हस्पिटलमा आँखाको उपचार सुरू

विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्