गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पत्र

 न्यूज विराट
गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पत्र

काठमाडौं, ३ भदौ । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्र काटेको छ ।

लेनदेन मुद्दाका प्रतिवादी अध्यक्ष मल्ललाई पक्राउ गर्न भन्दै गत ३१ साउनमा पर्वत प्रहरीलाई अदालतले पत्र लेखेको हो । गाडी खरिदबापत आफूलाई दिनुपर्ने बाँकी रकम नदिएको भन्दै अटोमोबाइल व्यवसायी ध्रुवबहादुर थापाले अध्यक्ष मल्लविरुद्ध गत वर्ष मुद्दा हालेका थिए । त्यसमा अदालतले अध्यक्ष मल्ललाई पक्राउ गर्न गत वर्ष २७ चैतमा आदेश दिएको थियो ।

 

अदालतले मल्ललाई ६ महिना कैद सजाय सुनाउँदै जिल्ला कारागार कास्की चलान गर्न आदेश दिएको थियो । त्यही आदेशअनुसार अध्यक्ष थापालाई पक्राउ गर्न अदालतले पर्वत प्रहरीलाई पत्र लेखेको हो । पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवराज बुढाथोकीले अध्यक्ष मल्लको खोजी भइरहेको बताए । ‘हाम्रोमा हिजो अदालतको पत्र आएको छ । उहाँको खोजी भइरहेको छ,’ उनले शिलापत्रसँग भने ।

अध्यक्ष मल्ल नेपाली कांग्रेसबाट गत २०७४ सालको निर्वाचनमा विजयी भएका थिए । मल्ल हाल कांग्रेसको जिल्ला समितिमा कोषाध्यक्ष छन् । अध्यक्ष मल्लविरुद्ध मुद्दा हालेका थापाले भदौ अन्तिममा हुने अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी, १९ मङ्सिर-भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य...

प्रेस चौतारीको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइञ्चार्ज बिष्णु रिजाल

काठमाडौं, पुस २ । प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाउनु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको अपानिअनुसार प्रेस चौतारीको इञ्चार्ज प्रचार तथा प्रकाशन विभाग प्रमुख रहनुभएका उपमहासचिव...

एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, २५ साउन । नेकपा एमालेले आजका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी र दिउँसो ३ बजे बस्नै गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको...

दोषी कसैले पनि उन्मुुक्ति पाउनु हुँदैन : माधव नेपाल

विराटनगर, माघ २४–नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पुुर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुुरागर्दै उनले भने।,‘अनुुचित कार्य गरेर...

भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ जिल्ला पूर्ण सिल

कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ वटा जिल्लालाई पूर्ण रूपमा सिल गरिएको छ । मानिसको आवतजावत रोक्ने भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई पूर्ण रूपमा सिल गरिएको हो ।...

प्रदेश १ मा ५७ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, १९ साउन–प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला,...

प्रदेश १ मा १०३ डिस्चार्ज, २८ संक्रमित थपिए

विराटनगर, २१ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ८४२ पुगेको छ । प्रदेश १ मा आज...

गाँउपालिकाले काटिदियो किसानको गहुँ

सप्तरी, २९ चैत-लकडाउनका कारण पाकेको गहुँबाली काट्न किसानलाई समस्या भइरहँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सबैको गहुँबाली काट्ने जिम्मा लिएको छ । झण्डै १ हजार विघामा किसानद्वारा लगाइएको गहुँबाली पाक्न थालेपछि कृषि मजदुरको अभावमा समस्यामा परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्