मेरिल्याण्डमा हाजिरी जवाफ प्रतियोगीता, सुनगाभा सेक्सन प्रथम
सोमबार, २५ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले सोमबार कक्षा – ११ का विद्यार्थीहरुको लागि क्वीज प्रतियोगिता सम्पन्न गरेको छ । क्वीजमा कक्षा ११ का नौ वटा टीमको सहभागीता रहेकोमा प्रथम सुनगाभा सेक्सन भयो । द्वितीय सुनाखरी सेक्सन र तृतिय जाई सेक्सन भए । विजयी प्रतियोगीहरुले कक्षा १२ को क्वीज विजेता टीमसँग पुष ९ गते प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रमको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधी गरे । कार्यक्रममा नवजीत प्रधान, दिपेस भगत, डा. पि.के. झा, भेषराज पोखरेल र डा. मनोज गुप्ता लगायतले क्वीज मास्टरको भूमिका निर्वाह गरे । मेरिल्याण्ड कलेजले २०८सालको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नै विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त कृयाकलाप गराउँदै आएको प्रिन्सीपल लक्ष्मण ढकालले बताए । कार्यक्रममा कलेजका डाइरेक्टर प्रदीप भगत, नन्द किशोर अग्रवाल लगायत शिक्षकहरु टंक कोइराला, बद्री पौडेलको उपस्थिति रहेको थियो ।
त्यस्तै स्कोरबोर्डमा कर्मचारी द्वय मुक्ति गच्छदार र किशोर रायले सहयोग गरेका थिए । हालै राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित २०८० सालको कक्षा – १२ को रिजल्टमा मेरिल्याण्डले ९५.३७ प्रतिशत विद्यार्थी उतिर्ण गराइ उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । स्मरण रहोस् मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा देशभरिमै सधै टप टेनमा पर्ने अग्रणी शैक्षिक संस्थामा पर्दछ ।
विराटनगर । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि विराटनगरका ओसियन जंग थापा र धरानकी उपासना रामदामले जितेका छन् । विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगितामा मिस्टरतर्फ ओसियनले र मिसतर्फ उपासनाले उपाधि जितेकी हुन्...
काठमाडौं, १६ पुस । गृहमन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका हुन् । एमसीसी देश...
आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु । हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...
विराटनगर । मोरङको सुनवर्षी–५ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सो वडामा तेस्रो वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीले उद्घाटन गरे ।...
विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ्ग जिल्ला कार्यसमितिले सम्मान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार दोस्रो सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा ११ जना सजातियहरु, २ जना गैर–तेली, २ जना कार्यसमिति सदस्यहरु र...
काठमाडौं, १८ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफ समूहका सदस्यलाई भेट्न अस्पताल पुगेका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले इनफ इज इनफ ग्रुपका अनशनकारी इशान अधिकारी ‘ई:’लगायतका युवाहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट...
सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका ९ जनाको स्वाब टेष्टका लागि बिहिवार सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका ८ जना...
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...