
मंगलबार काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ६३ महिला र ३ सय ३१ पुरुष हुन् ।
आज देशभर ८ हजार ९ सय ४७ को पीसीआर गर्दा १ हजार ३ सय ८२ जनाको नतिजा पोजिटिभ देखिएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, गएको २४ घण्टामा १ हजार ६ सय २१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।