नेप्से १९.२९ अंकले बढेको बढ्यो, साढे ६ अर्बको बारोबार

 न्यूज विराट
नेप्से १९.२९ अंकले बढेको बढ्यो, साढे ६ अर्बको बारोबार

काठमाडौं, १८ माघ । सोमबार दोहोरो अंकले घटेको शेयरबजार परिसूचक नेप्से कारोबारको तेस्रो दिन मंगलबार १९.२९ अंकले बढेको छ । आज बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा पुगेको छ ।

सोमबार २८७५.०५ बिन्दु कायम भएको नेप्से परिसूचक आज २८९१.३३ बिन्दुमा पुगेको छ । यस्तै, आज कारोबारमा आएका २२३ वटा कम्पनीको १ करोड २१ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । 

बजार बढेसँगै नौवटा समूहका सूचकमा हरियाली छाएको छ भने चारवटा समूहका सूचकहरू राताम्मे देखिएको छ । यस दिन सर्वाधिक हाइड्रोपावर समूहको ३.२२ प्रतिशतले शेयरमूल्य वृद्धि हुँदा व्यापार समूहको ०.५३ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै आज विन नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमिको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १६१ रुपैयाँले वृद्धि भएर १ हजार ७ सय ८१ रुपैयाँ कायम भएको छ ।

यस्तै, सर्वाधिक गुमाउनेमा नेरुडे लघुवित्त विकास बैंक छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४० रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँ पुगेको छ ।

मंगलबार सर्वाधिक शेयर कारोबार भने नेसनल हाइड्रोपावरको ३९ करोड १ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा शेयर मूल्य प्रतिकित्ता ४ सय १७ रुपैयाँ पुगेको हो ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले गरायो बहिरा माध्यामिक विद्यालयका २०० विद्यार्थीलाई मिष्ठान्न भोजन

विराटनगर, ३ पुस । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगरले २०० जनालाई भिष्ठान्न भोजन गराएको छ । क्लबले ‘भोकालाई खाना देउ’ अभियान अन्तर्गत विराटनगरस्थित विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत २०० सय...

२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

काठमाडौं, १५ जेठ-सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को अनुमानित आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज...

खुकुलो पार्दै मोरङमा एक साता निषेधाज्ञा लम्बियो

विराटनगर, १० भदौ–जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरी केही खुकुलो प्राबधानसहित निषेधाज्ञा एक साता थप गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर...

संखुवासभाको मादी हत्याकाण्डका चार जनालाई आजिवन कारावासको सयाज

विराटनगर, २१ असार । संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा चार जनालाई जिल्ला अखालत संखुवासभाले आजीवन...

कसरी गर्ने परीक्षाको तयारी ?, भेषराज पोखरेलको (१८ टिप्स्)

विराटनगर । कक्षा १२ को वार्षिक परीक्षा यही आउँदो वैशाख २६ गतेबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८० वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका यसअघि सार्वजनिक गरिसकेको छ ।...

कोशी प्रदेश सरकारले बुधबार ल्याउँदै नीति तथा कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार दिउँसो १ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत...

युवतीमाथि तेजाब प्रहार

काठमाडौं, साउन ८-काठमाडौंको सीतापाइलामा युवतीमाथि तेजाब प्रहार भएको छ । बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उनलाई अहिले कीर्तिपुर...

सरकारको प्रशंसामा केन्द्रित नीति तथा कार्यक्रमले जनताको दुःख बुझेन : शशांक कोइराला

काठमाडौं ५ वैशाख-नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य डा. शशांक कोइरालाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको प्रशंसामा केन्द्रित भएको दाबी गरेका छन् । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्