व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

 न्यूज विराट
व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन शिक्षा पढाउन धेरै अभिभावक लालायित हुने गरेका छन् ।

मेरिल्याण्डले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको व्यवस्थापन शिक्षामा पहिलो रोजाइमा पर्ने गरेको छ ।

२०५९ सालमा स्थापीत मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था हो । स्थापना काल देखिनै सधै टप टेनमा पर्न सफल मेरिल्याण्ड पढाई बाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहदै आएको छ । ब्यबस्थापन संकाय मात्र पढाई हुने यस मेरिल्याण्डमा प्लसटु, बिबिएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातवरणमा पढाइ हुने गरेको छ ।

जसले गर्दा पनि २०७८ सालमा कक्षा –१२ को परीक्षामा छात्रा दिया अग्रवालले नेपालमै सर्बाधिक ३।९६ जीपीए ल्याएर सर्वोत्कृष्ट हुन सफल भइन् । यसरी उत्कृष्ट नतिजा आएको कारणले मेरील्याण्ड व्यवस्थापन शिक्षामा अब्बल सावित भएर नम्बर वान कलेज भएको प्रमाणित भएको छ । त्यस्तै बिबिएस तर्फ सिम्रन अग्रवालले तेश्रो र चौथो बर्षको त्रिभूवन विश्वविद्यालयले लिएको परीक्षामा उत्कृष्ट अंक ल्याएर नेपाल प्रथम गरेकी थिइन् । त्यस्तै यसै वर्षको सिए आइकन द्वारा लिएकोे अन्तिम परीक्षामा मेरिल्याण्ड सिए एकेडमीकी छात्रा शालु अग्रवालले बोर्ड प्रथम गरेकी छिन् । यस बाट पनि के प्रमाणित हुन्छ भने मेरिल्याण्डले विराटनगरलाई शैक्षिक हब बनाउन ठूलो योगदान पु¥याएको छ ।

उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, डेडीकेटेड फ्याकेल्टी, एडेक्वेट क्यारियर डेबलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण मेरिल्याण्डका केहि सफलताको शुत्र भएको प्रिन्सिपल लक्ष्मण ढकाल बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने मध्यम उक्त संस्थाबाट पास भएर गएका बिधार्थीहरु हुन्,’ प्रिन्सिपल ढकालले भने, ‘मेरील्याण्ड पढेर गएका विद्यार्थीहरु देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि मेरिल्याण्ड अग्रिणी संस्था बन्न सकेको हो ।’

मेरिल्याण्ड बाट पास भएर गएका बिधार्थीहरु नेपालका उत्कृष्ट सुचिमा पर्ने सरकारी तथा प्राईभेट सबै बैंकहरुमा कार्यरत छन् । त्यस्तै आफ्नै ब्यापार ब्यबसाय गरेर बसेका छन् ।

‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अपरचुनिटीको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाडौं बाहिरका उत्कृष्ट कलेजमा पर्दछ,’ कलेजका प्रिन्सिपल ढकालले भने, ‘दक्ष, अनुभवि र सँधै माया र हौसला दिने प्रध्यापक र शिक्षकहरु रहनु पनि यो कलेजको सफलता हो ।’ अहिले पनि मेरिल्याण्डबाट पास भएका विद्यार्थीहरु देश विदेशमा नाम राख्न सफल छन् । कलेजले विद्यार्थीलाई नियमित मूल्यांकन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तीको पनि व्यवस्था छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विराटनगरका मात्र नभएर पूर्व मेचीदेखि मधेश प्रदेशको जनकपुर, सिरहा, सप्तरी, बागमती प्रदेश र अन्य विभिन्न जिल्लाहरूका विद्यार्थीको रोजाई नै मेरिल्याण्ड बनेको छ ।

प्रसस्त भौतिक पूर्वाधार, सीसी क्यामरा जडित सुहाउँदो कक्षा कोठाहरूमा विद्यार्थी भयरहित वातवरणमा अध्ययन अध्यापन गर्दै आएका छन् । शुद्ध पिउने पानी, स्वस्थकर क्याफेटेरिया, विद्यालयले स्थानिय र टाढाका विद्यार्थीको सहजतको लागि कलेजको यातायतको व्यवस्था गरेको छ । दिनभरी अध्ययन गरेपछि गन्तब्यसम्म पु¥याउन कलेजमा १८ वटा बस रहेको छ । सुविधासम्पन्न अत्याधुनिक कम्प्यूटर ल्याब रहेको छ । वर्षभरिनै विद्यार्थीहरुलाई निः शुल्क कोचिङको व्यवस्था, शैक्षिक अभिवृद्धिका लागि निरन्तर शैक्षिक परामर्श, विद्यार्थीहरूमा भएका प्रतिभा प्रस्फटन गराउन अतिरिक्त क्रियाकालपहरूको साथै निरन्तर कृति विकास प्रशिक्षण मेरिल्याण्का प्रमुख विशेषता हुन् । यसरी गुणस्तरीय शिक्षासँगै, समयसापेक्ष व्यवहारिक र रोजगारमुखी शिक्षा दिएको कारणले अभिभावक र विद्यार्थीको रूचाइमा मेरिल्याण्ड परेको कलेजका अध्यक्ष गुणराज ढुंगेलले बताए ।

मेरिल्याण्ड कलेज देरभरकै वेष्ट १० प्लस टु को सूचिमा परेको थियो । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता केन्द्रविन्दु नामक सञ्चार माध्यमले गरेको अध्ययन र अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा मेरिल्याण्ड उत्कृष्ट १० भित्र समेटिएको हो । कान्तीपुर पब्लिकेशनको एक दशकको मुल्याङ्कन र विभिन्न सरकारी तथा गैर सरकारी संस्थाको मुल्याङ्कनमा पनि मेरिल्याण्ड नेपालभरिका सात हजार भन्दा बढि मा। बि। मध्य सधैँ उत्कृष्ट दशमा पर्दै आएको छ ।

प्रत्येक बर्ष करिब नौ सय विद्यार्थी मेरील्याण्डमा भर्ना हुने गरेका छन् । अहिलेसम्म करिव १७ हजार विद्यार्थी प्लस टुमा र विविएसमा करिव २ हजार विद्यार्थी उतिर्ण गराउँन सफल भएको छ ।

कोशी प्रदेश र मधेश प्रदेशका बिधार्थिहरुको पहिलो रोजाई पनि मेरिल्याण्ड रहेको जनकपुरका श्याम महतोले बताए । व्यवस्थापन शिक्षा अब्बल कलेज भएकोले कारणले छोरालाई मेरील्याण्डमा पढाइको उनले बताए । विराटनगर शैक्षिक हब प्रमाणित भैसकेको र शैक्षिक हब बनाउन मेरिल्याण्डले खेलेको भूमिका समाजले उच्च मुल्याङ्कन गरेको कुरा जग जाहेर छ । ‘मेरिल्याण्ड कलेजले विद्यार्थीलाई महत्व दिने कुराले म अत्यन्त प्रभावित छु,’ जनकपुरबाट अध्ययनका लागि मेरिल्याण्ड आएकी आयुषा साहले भनिन् । त्यस्तै धनकुटाका अभिभावक किशोर राईले आफ्नो छोरीले स्कुलभन्दा राम्रो पढेको भन्दै खुसी व्यक्त गरे ।

यस वर्षदेखि होटल म्यानेजमेन्ट पनि संचालन गरिने भएको छ । गत वर्षको कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजा अनुसार देशभरीमै मेरिल्याण्डका विद्यार्थीले ९७।३७ प्रतिशत ल्याएर सर्वोत्कृष्ट भएको थियो 

सम्बन्धित समाचार

रतुवामाईमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विराटनगर, माघ २८–‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मोरङको रतुवामाई नगरपालिकामा राष्ट्रपति रनिङ शिल्प प्रतियोगिता मंगलबारदेखी सुरु भएको छ । रतुवामाई नगरपालिकाको आयोजनामा वडा नं.६ कादुपाडा स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङ्गणमा...

पीसीआर गराउँदा परिचयपत्र अनिवार्य

सप्तरी, २० साउन-कतिपयले झुटो विवरण लेखाई पीसीआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका...

आज विराटनगरमा एकैदिन २७६ जनामा कोरोना संक्रमण

विराटनगर, १० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा...

धरान उपमहानगरमा ‘लौरो’ चिन्हका राईको अग्रता, पछ्याउँदै गठबन्धनका उम्मेदवार

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा ‘लौरो’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता लिएका छन् । केही बेरअघि सार्वजनिक मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत प्राप्त गर्दै अग्रता...

मैथिली भाषा संरक्षणका लागि एकजुट हुनुपर्नेमा जोड

विराटनगर, ७ चैत । मैथिली भाषा संरक्षणका लागि थप एकजुटता आवश्यक रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नवगठित मैथिल संचारकर्मी संघका पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गर्न नेपाल पत्रकार महासंघ मोरङ शाखामा...

सकियो कोशी प्रदेश खेलकुद महोत्सव, महिला फुटबलको उपाधि झापालाई

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। विराटनगरको शहिद रंगशालाको मैदानमा आज राती सम्पन्न प्रतियोगिता फाईनलमा पाँचथरलाई ३ – ० गोलले हराउँदै झापाले उपाधि जितेको...

मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार बुद्ध जयन्तीको अवसर पारेर नृत्य प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगिताको प्रथम उर्वी काफ्ले, अलिशा श्रेष्ठ, अनुस्का मण्डल, श्रेया कोइराला,...

एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण

विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्