कान्तिपुर कलेजमा आइटी एक्स्पो सुरु, पाँच सय बढी विद्यार्थी सहभागि

 न्यूज विराट
कान्तिपुर कलेजमा आइटी एक्स्पो सुरु, पाँच सय बढी विद्यार्थी सहभागि

विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आइटी तथा क्यारियर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ ।

तीन दिनसम्म चल्ने कार्यक्रममा कलेजमा अध्ययरत व्यवस्थापन तथा विज्ञान सङ्कायका कम्प्युटर विज्ञान विषय लिएर अध्ययन गर्ने करिव ५ सय भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा लाभ लिने कलेजका प्रिन्सिपल भुवन नेपालले बताए ।
कलेजमा अध्ययनरत करिव २ हजार विद्यार्थीहरुले उच्च शिक्षाको साथ साथै व्यवहारीक तथा जीवनोपयोगी शिक्षा समेत लिने प्रिन्सिपल नेपालले जानकारी दिए । एक्सपोमा विराटनगरका विभिन्न स्कुलमा कक्षा–९ र १० मा अध्ययनरत करीव एक हजार विद्यार्थीहरुले समेत अवलोकन गर्ने कलेजका प्रिन्सिपल नेपालले जानकारी गराए ।

इनोभेट नेपाल ग्रुपको सहकार्यमा सञ्चालित आइटि एक्सपोमा कलेजका सञ्चालकहरु तथा आइटी विज्ञहरु इन्जिनियर जयनाथ यादव, ई. देविलाल महतो, शंकर काफ्ले, ई. मञ्जयकुमार यादव साथै इनोभेट नेपाल ग्रुपका विकेक दाहल विराटनगर इन्टरनेशनल कलेजका प्रमुख गोविन्द थापा, आइटी विज्ञहरु भुषण लुइटेल, रोमन बुर्लाकोटी, पवन रेग्मीको उपस्थिति रहेको थियो ।

आइटि एक्सपोमा विद्यार्थीहरुले सफ्टवयेर निर्माण, ए.आइ., इथिकल ह्याकिङ, साइवर सेक्युरेटी, मल्टिमिडिया, प्रोग्रामिङ आदिको विषयमा अवलोकन तथा ज्ञान आर्जन गर्ने प्रिन्सिपल नेपालले बताए । इन्जिनियर एशोसिएसन कोशी प्रदेश सभापति तथा कान्तिपुर कलेजका निर्देशक ई. जयनाथ यादवले आइटी विषयको महत्व साथै जीवीकोपार्जन तथा समय सापेक्ष शिक्षाको लागि आइ.टी अपरिहार्य भएको बताए । को–र्डिनेटरद्धय रोशन राजवंशी र हिमाल वरालले कार्यक्रमको संयोजन गरेका थिए ।

कक्षा–११ र १२ सकिने वित्तिकै किशोरावस्थामा नै विद्यार्थीहरु उच्च शिक्षाकालागि देश छोडेर बाहिर जाने भएकाले नेपालमै मेडिकल, इन्जिनियरीङ्, आइटी र व्यवस्थापन आदि क्षेत्रमा पनि विद्यार्थीहरुको उज्जवल भविष्य रहेको प्रिन्सिपल नेपालले बताए ।

कान्तिपुर कलेजले दक्ष जनशक्ति निर्माणकालागि मेडिकल, इन्जिनियरीङ, आइटी, सिम्याट लगायतका तयारी कक्षाहरु गराउदै आएको छ । उच्च शिक्षा प्रारम्भको आधार स्तम्भको रुपमा कोशी प्रदेशकै नमुना तथा उत्कृष्ट कलेजको रुपमा स्थापित भइसकेको कान्तिपुर कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन तथा होटेल व्यवस्थापन सङ्काय पढाई हुने गरेको र कक्षा–११ र १२ मात्र नभइ उच्च शिक्षाको लागि विद्यार्थीहरुलाई सहजीकरण गर्ने भएकाले एसइई दिदै गरेका विद्यार्थीलाई सफलताको शुभकामना दिदै एसइई नतिजा पछि कान्तिपुरलाई निर्वाध रुपमा रोज्न पनि प्रिन्सिपल नेपालले आग्रह समेत गरे ।

सम्बन्धित समाचार

स्वास्थ्यमन्त्रीको निर्देशन : ‘कोशी अस्पतालमा आउने विरामी अन्यन्त्र रिफर नहोस्’

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा आउने विरामी अन्यन्त्र रिफर हुने सिस्टको अन्त्य हुनुपर्ने बताएका छन् । कोशी अस्पतालको ५ सय शैय्याको मेडिकल भवनको...

भारत पश्चिमाको चीनविरोधी नीतिको मोहरा बन्यो : रुस

एजेन्सी, २५ मंसिर-रुसले भारत पश्चिमा देशको चीनविरोधी नीतिको मोहरा बनेको आरोप लगाएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले क्वाड समूहको कडा विरोध गर्दै भारतलाई चीनविरोधी पश्चिमी देशको ‘लगातार, आक्रामक र छलपूर्ण’ नीतिको मोहरा भएको टिप्पणी...

प्रदेश स्तरीय कबड्डी प्रतियोगिता : सुनसरी ६ अंकको साथ शीर्ष स्थानमा

विराटनगर । विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका...

कोरोनाबाट काठमाडौंमा मृत्यु हुनेको सङ्ख्या २ पुग्यो 

काठमाडौं, २२ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणका कारण काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा १ जनाको मृत्यु भएको हो ।  ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको...

एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने पोखरीया स्कुलका विद्यार्थीलाई महानगरको सम्मान

विराटनगर । एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाले हालै प्रकाशित भएको एइइको नतिजामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई बिहीबार सम्मान गरेको हो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई...

पूर्व राज्यमन्त्री अपहरण गरिएको समाजवादी पार्टीको आरोप

काठमाडौं, १० वैशाख-समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो केन्द्रीय सदस्य अपहण गरेको आरोप लगाएको छ ।समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सूचना संञ्चार विभाग उपप्रमुख विश्वदिप पाण्डेले सामाजिक सञ्जाल ट्वीट गदै साँझ ५बजे...

बीपीमा थप एक संक्रमितको मृत्यु

सुनसरी ४ कात्तिक-सुनसरीको धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सोमबार राति ९.३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा इटहरीका ५६ वर्षीय पु्रुषको मृत्यु भएको हो । १ कात्तिकमा कोरोना पोजिटिभ...

भारतमा दैनिक कोरोना संक्रमितको संख्या तीन लाखबाट घट्यो

एजेन्सी, ३ जेठ । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्