भारत पश्चिमाको चीनविरोधी नीतिको मोहरा बन्यो : रुस - News Birat

भारत पश्चिमाको चीनविरोधी नीतिको मोहरा बन्यो : रुस

न्यूज विराट

एजेन्सी, २५ मंसिर-रुसले भारत पश्चिमा देशको चीनविरोधी नीतिको मोहरा बनेको आरोप लगाएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले क्वाड समूहको कडा विरोध गर्दै भारतलाई चीनविरोधी पश्चिमी देशको ‘लगातार, आक्रामक र छलपूर्ण’ नीतिको मोहरा भएको टिप्पणी गरेका छन् ।

उनले रुसी इन्टरनेशनल अफेयर्स काउन्सिलको बैठकमा सो टिप्पणी गरेका हुन् । उनले भने, ‘पश्चित एकध्रुवीय विश्व व्यवस्था बहाल गर्न चाहन्छ । तर रुस र चीन त्यो शक्तिको मातहतमा रहन असम्भव छ । तर भारत अहिले इन्डो–प्यासिफिक क्षेत्रमा तथाकथित क्वाडजस्तो पश्चिमी देशको चीनविरोधी नीतिको एक मोहरा बनेको छ ।’ उनले पश्चिमी देशले भारत र रुसको सम्बन्धलाई समेत कमजोर बनाउन खोजेको समेत बताएका छन् ।

भारतर र रुस लामो समयदेखि सैन्य साझेदार मुलुकका रुपमा समेत रहँदै आएका छन् । रुसी विदेशमन्त्रीले क्वाड देश अमेरिका, जापान, अस्ट्रेलिया र भारतजस्ता देशको कडा आलोचना गरिसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles