प्रदेश स्तरीय कबड्डी प्रतियोगिता : सुनसरी ६ अंकको साथ शीर्ष स्थानमा

 न्यूज विराट
प्रदेश स्तरीय कबड्डी  प्रतियोगिता : सुनसरी ६ अंकको साथ शीर्ष स्थानमा

विराटनगर । विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका थिए ।
सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल हार्दै ३ अंक प्राप्त गरेको छ । झापा र मोरङले २–२ अंक प्राप्त गर्दा १ खेलमा जित १ खेलमा हारेका छन् । इलाम १ खेलमा जित निकाल्दै २ अंक प्राप्त गरेको छ । उदयपुरले १ खेलमा बराबरी र १ खेल हार्दै १ अंक प्राप्त गरेको छ ।
त्यसैगरी, धनकुटा, संखुवासभा, तेह्रथुम र ओखलढुंगा कुनै पनि खेलमा नतिजा निकाल्न नसक्दा अंकविहीन अवस्थामा छन् ।
प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । समूह ‘ए’मा मोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर र धनकुटा छन् । समूह ‘बि’मा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र ओखलढुंगा छन् । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् ।
बुधबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद विकास बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार

नेपालमा थप १५५८ जनामा कोरोना पुष्टि, १३५१ जना डिस्चार्ज

काठमाडौं, १ असोज । नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

राष्ट्रपतिको विज्ञप्ति लगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक, संसद विघटन हुन सक्ने

काठमाडौं, ७ जेठ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बस्दैछ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै राति मन्त्रिपरिषद बैठक बस्न...

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, ३१ भदौ-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...

गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण

विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । ‘मर्यादित सहकारी, समुन्नत समाज’ मूल नाराका साथ बुधबार विराटनगरमा सम्पन्न भएको हो ।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री...

इटहरी आइसोलेसनका एक युवकद्वारा स्यानिटाइजर पिएर आत्महत्या

विराटनगर, २ साउन । सुनसरीको इटहरीस्थित आइसोलेसनमा एक युवकले स्यानिटाइजर पिएर आत्महत्या गरेका छन् । इटहरी–१० स्थित उद्योग वाणिज्य संघद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा सहयोगीका रुपमा कार्यरत ३२ वर्षीय प्रकाश भण्डारीले आत्महत्या गरेका हुन् । इटहरी–८...

संविधानको अतिरिक्त अपव्याख्याद्वारा अवरोध सिर्जना गरियो

सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । सात दशकको निरन्तर राजनीतिक संघर्ष र बलिदानको प्रतिफलस्वरूप जनताद्वारा निर्वाचित संविधानसभाले २०७२...

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकाएर शीर्ष नेताले जवाफ दिने

काठमाडौं, १६ असोज । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुँदैछ । विभिन्न...

ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

नेकपा प्रचण्ड–माधव समूहको सचिवालय सदस्य झलनाथ खनालले आउँदो चुनावमा प्रधानमन्त्री केपी ओलीको जमानत जफत हुने दाबी गरेका छन् । बुधबार नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोधसभामा बोल्दै खनालले दुई वर्षपछि हुने चुनावमा ओलीको जमानत जफत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्