एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने पोखरीया स्कुलका विद्यार्थीलाई महानगरको सम्मान
बिहिबार, २८ असार, २०८०,
न्यूज विराट
विराटनगर । एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाले हालै प्रकाशित भएको एइइको नतिजामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई बिहीबार सम्मान गरेको हो ।
४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गरे ।
४ जीपीए ल्याउने तीनैजना विराटनगर–११ स्थित विकेभिएम स्कुलका विद्यार्थी हुन् । कोशी प्रदेशमा ४ जीपीए ल्याउने ५ जना विद्यार्थीमध्ये ३ जना विराटनगरका हुन् । त्यसैगरी सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट अंक ल्याउने पोखरिया माविका रचिता दंगाल, सविना कोइराला र रोहन साहलाई पनि सम्मान गरिएको थियो । उनीहरु तीनैजनाले ३.९५ जीपीए ल्याएका थिए । सो अवसरमा विकेभिएम स्कुल र पोखरिया माविलाई समेत सम्मान गरिएको थियो । विकेभिएमका प्रिन्सिपल रविन दाहाल र पोखरियाका प्रधानाध्यापक खेमराज भट्टराईलाई मेयर कोइरालाले सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा मेयर कोइरालाले विराटनगर शैक्षिक हब बन्ने बाटोमा अगाडि बढेको बताए । उनले विराटनगरले शैक्षिक क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गर्नुले महानगरको प्रतिष्ठासमेत बढेको उल्लेख गरे । सम्मानपछि विराटनगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई बोलाएर एसईई समीक्षा कार्यक्रमसमेत आयोजना गरिएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए ।
एजेन्सी, बैशाख २२-कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इटली, स्पेन र फ्रान्समा पछिल्लो २४ घन्टामा मृत्युदरमा भारी मात्रामा कमी आएको छ । फ्रान्समा १३५, स्पेनमा १६४ इटलीमा १७४ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।...
काठमाडौं, ११ कात्तिक-गत २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज २ हजार ७ सय २५ को पीसीआर गर्दा ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो...
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङका सक्रिय पत्रकार नवीन कर्ण ‘हरिनारायण–विष्णुमाया श्रेष्ठ पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कर्णलाई झापाको अर्जुनधारा नगरपालिका–११ स्थित जंगबीर गुभाजू श्रेष्ठ प्रतिष्ठानले एक कार्यक्रमकाबीच पुरस्कृत गरेको हो । अर्जुनधाराको...
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले बिजुलीको पोलमा रंग लगाउन सुरु गरेको छ ।विराटनगरलाई सफा र व्यवस्थित बनाउने अभियानअन्तर्गत बिजुलीका पोलमा रंग लगाउन सुरु गरिएको मेयर नागेश कोइरालाले...
विराटनगर, २४ साउन । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा भारत सरकार सँग कुरा गरि कारवाही गर्न प्रदेश १ का सांसदले माग गरेका...
विराटनगर । अनुमति बेगार संचालन गरेको विग हस्पिटल शिलबन्दी गरेको समचार संकलन गर्न गएका संचारकर्मीमाथि हातपात गर्ने हस्पिटलका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ प्रहरीले बिग हस्पिटलका रेडियोलोजी विभागमा कार्यरत कर्मचारी विराटनगर ९...
एजेन्सी, जेठ १०-प्रसिद्ध अर्थशास्त्री प्राध्यापक नुरियल रुबिनीले कोरोना भाइरसको महामारीको असर विश्वको अर्थतन्त्रमा १० वर्षसम्म पर्नसक्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरसका कारण विश्वभर लामो आर्थिक मन्दी हुने र त्यसबाट अर्थतन्त्रलाई पुरानै मार्गमा फर्काउन...
विराटनगर, ४ वैशाख । मोरङको लेटाङ नगरपालिकामा पनि एमाले विजयी भएको छ । मेयर उपमेयर दुवै पदमा विजयी भएको हो । मेयरमा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन्...