कोरोनाबाट काठमाडौंमा मृत्यु हुनेको सङ्ख्या २ पुग्यो 

 न्यूज विराट
कोरोनाबाट काठमाडौंमा मृत्यु हुनेको सङ्ख्या २ पुग्यो 

काठमाडौं, २२ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणका कारण काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा १ जनाको मृत्यु भएको हो । 

ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका– १०, लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

दम, होइपोथाइरोडिज्म, उच्च रक्तचाप र श्वासप्रश्वासमा समेत समस्या भएपछि उपचारका लागि भर्ना भएकी ती महिलामा कोरोना पुष्टि भएको हो । धनुषाबाट उपचारका लागि सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । यसअघि सशस्त्र प्रहरी अस्पतालमा उपचाररत १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

तालिबानका शीर्ष कमाण्डर सिराजुद्दिन हक्कानी कोरोना संक्रमित

एजेन्सी, जेठ १०-तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना...

‘बरगाछी’ पत्रिकाको १६ औं अंक विमोचन

विराटनगर, ११ माघ । गुराँस पुस्तकालय विराटनगरद्वारा प्रकाशित बरगाछी पत्रिकाको १६ औं अंकको आज विमोचन गरिएको छ । प्रजातन्त्रका कमाण्डर मुक्तिप्रसाद–यदुनाथ चापागाईं विशेषाङ्कका रुपमा प्रकाशित १६ औं अंकको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र...

रुकुम घटनालाई लिएर संसद अवरुद्ध

काठमाडौं, २३ जेठ-रुकुम घटनालाई लिएर प्रतिनिधि सभा अवरुद्ध गरिएको छ । प्रतिनिधि सभा सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन् । रुकुम पश्‍चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने...

भव्य भयो अर्किड स्कुलको वार्षिक उत्सव

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले सबैको रोजाइमा परेको विराटनगरस्थित अर्किड स्कुलले वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शनिबार स्कुल परीसरमा दिनभरी विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।...

विश्वासको मत दिन महन्थ ठाकुरलाई प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विश्वासको मत लिँदै छन् । उनले महन्थ ठाकुरलाई पत्र लेख्दै विश्वासको मत...

कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई केन्द्रीय बैंकको विशेष राहत

काठमाडौं, १२ साउन-नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई विशेष राहतसहितको साँवा र व्याज तिर्ने अवधि थप गरेको छ । सरकारले गत चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन गरेको थियो । लकडाउनका कारण विशेष गरी अतिप्रभावित...

ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगर जलबायु जनमार्च

विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगरमा युवाहरुले आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग...

धनुषा र महोत्तरीमा चट्याङ लागेर २ जनाको मृत्यु

जनकपुर, १९ जेठ-चट्याङ लागेर धनुषा र महोत्तरीमा २ जनाको मृत्यु भएकाे छ । चट्याङ लागेर धनुषाको मिथिला नगरपालिका-७ऽ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्ले र महाेत्तरीकाे महोत्तरी गाउँपालिका-१ का ४५ वर्षका इन्दल यादवको मृत्यु भएको हाे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्