बीपीमा थप एक संक्रमितको मृत्यु - News Birat

बीपीमा थप एक संक्रमितको मृत्यु

न्यूज विराट

सुनसरी ४ कात्तिक-सुनसरीको धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सोमबार राति ९.३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा इटहरीका ५६ वर्षीय पु्रुषको मृत्यु भएको हो । १ कात्तिकमा कोरोना पोजिटिभ देखिएका उनीलाई सोमबार कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा दीर्घरोग रहेको जानकारी नभएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।  

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles