श्रीमतीलाई ज्यान मार्ने धम्की दिएका पुरूष पेस्तोलसहित पक्राउ

 न्यूज विराट
श्रीमतीलाई ज्यान मार्ने धम्की दिएका पुरूष पेस्तोलसहित पक्राउ

विराटनगर । धनुषामा कटुवा पेस्तोसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सबैला नगरपालिका(८ ठिल्लाका ५१ वर्षीय रामइश्वर ठाकुर छन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शुक्रबार साँझ ठाकुरले उनकी ५० वर्षीया श्रीमती रामकाशी देवीमाथि कुटपिट गरी पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका थिए।

ठाकुरले श्रीमतीमाथि पेस्तोल तेर्स्याएर ज्यान मार्ने धम्की दिएको सूचना छिमेकीले प्रहरीलाई दिएका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई उनको घरबाट पेस्तोलसहित पक्राउ गरेको हो।
ठाकुरको शरीर तथा घर खानतलासी गर्दा ९ ईन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद भएको डिएसपी अवाले बताए। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

मृतकको संख्या २० पुग्यो

काठमाडौं, ३ असार-बाँके बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...

खाटु निशान यात्रामा सेन्ट्रल मलद्वारा जुस र पानी बितरण

विराटनगर । खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई विराटनगरमा रहेको सेन्ट्रल मलद्वारा जुस र पानी बितरण गरेको छ । होलि पर्वको अवसर पारेर विराटनगर शनिबार निस्किएको खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई सेन्ट्रल...

नुवाकोटका १ जनामा कोरोना आशंका

नुवाकोट, २४ वैशाख-नुवाकोटको विदुर नगरपालिकाका १ व्यक्ति कोरोना भाइरससँग लक्षण देखिएकाले जिल्ला त्रिशूली अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार आज साँझ ज्वरो आएर त्रिशूली अस्पताल पुगेका उनमा कोरोना...

सञ्चार क्षेत्रका लागि विशेष प्याकेज ल्याउन प्रेस युनियनको आग्रह

नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । युनियनका अध्यक्ष बद्रि सिग्देलले आज एक विज्ञप्तिमार्फत...

विराटनगरमा ९७ सहित प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

विराटनगर, १८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

कोरोना संक्रमणको अवस्था अनुसार कामः मन्त्री घिमिरे

विराटनगर, १५ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए । विराटनगरमा प्रदेश सरकार,...

इन्डोनेसियामा ज्वालामुखी विष्फोट : कम्तीमा १३ जनाको मृत्यु

एजेन्सी, १९ मंसिर । इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...

मदिरा पिएर विराटनगरमा एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर, कार चालक भारतीय पक्राउ

विराटनगर । एक जना भारतीय सवारी चालकले मदिरा सेवन गरी विराटनगरमा सवारी दुर्घटना गराएका छन् । भारतको पूर्णिया घर भएका २१ वर्षीय अबदेश साहले सोमबार मदिरा सेवन गरेर उनले चलाएको कारले एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्