
एजेन्सी, १९ मंसिर । इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ज्वालामुखीबाट निस्किएको तातो लाभा तथा खरानीले स्थानीय गाउँ ढाकेको थियो । उद्धार तथा राहतको काम जारी रहेको समाचारमा जनाइएको छ ।